मलेसियामा अवैध भएर नबस्न नेपाली दूतावासको आग्रह « Khabarhub

मलेसियामा अवैध भएर नबस्न नेपाली दूतावासको आग्रह


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- मलेसियाले बसेका नेपालीहरुलाई नेपाली दूतावासले अवैध भएर नबस्न आग्रह गरेको छ ।

बिदेशी कामदारलाई दिएको मौका ‘रिक्यालिब्रेशन’ कार्यक्रम डिसेम्बरको अन्त्यसम्म जारी रहेकाले त्यसबेलासम्म आवश्यक कागजात मिलाएर बैधानिक बाटो समाएर स्वदेश फर्कन दूतावासले आग्रह गरेको हो ।

नेपाली दूतावासका द्धितिय सचिव प्रेम बहादुर बुढथापाका अनुसार रिक्यालिब्रेशन अन्तर्गत मलेसियाले गैरकानुनीरुपमा बसेका नेपाली कामदारलाई स्वदेश फिर्तिका लागि त्यहाँको सरकारले दुई वटा बिकल्प दिएको छ ।

पहिलो बिकल्पमा गैरकानुनी नेपालीले कि त निश्चित प्रक्रिया पूरा गरेर मलेसियामै कानुनी भइ काम गर्न सक्नेछन् । दोस्रो सहुलियत दरको जरिबाना तिरेर सहज रुपमा आफ्नो देश फर्कन सक्ने द्धितिय सचिव बुढथापाले बताए ।

बैध कागजात नहुँदा धेरै नेपाली कामदार जेल पर्ने गरेको पाइएको भन्दै समयमै मलेसिया सरकारले प्रदान गरेको अवसरको फाइदा लिन उनले आग्रह गरेका छन् ।स्वदेश फर्कने गैरकानुनी रुपमा नेपालीले राहदानी वा ट्राभल डकुमेन्ट र हवाई टिकट लिएर सीधै विमानस्थल जान सकिने र त्यहाँको इमिग्रेशनबाट चेक आउट मेमो लिएर घर जान सकिने सचिव बुढाथापाले बताए ।

उनका अनुसार गैरकानुनी नेपालीले स्वदेश फर्कनको लागि कोरोना रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र, कोरोना खोप नलगाएको भए नेपालमा होटल क्वारेनटाइन बुक गरेको पेपर र खोप लगाएको भए सोको प्रमाणपत्र बोकेर विमानस्थल जानु पर्नेछ ।

नगद कारोबार नहुने भएकोले अध्यागमन बिभागमा तिर्नुपर्ने जरिवाना ५ सय रिङगेट क्रेडिट कार्ड, डेबिट कार्ड वा टच एन्ड गो कार्डबाट तिर्नु पर्नेछ ।

पासपोर्ट नभएको हकमा यात्रा अनुमतिपत्र बनाउनका लागि दूतावासमा नागरिकताको प्रतिलिपि, पुरानो पासपोर्टको प्रतिलिपि, पासपोर्ट साइजको दुई प्रति रंगिन फोटो र १६० मलेसियन रिंगेट दस्तुर तिरी ट्राभल डकुमेन्ट बनाएर पनि स्वदेश फर्किन सकिने उनले बताए ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  १० : ५० बजे

स्ट्रेट अफ हर्मुजमा ट्याङ्कर र व्यवसायिक जहाजमाथि गोलाबारी

काठमाडौं- स्ट्रेट अफ हर्मुजमा रहेको एउटा तेल ट्याङ्करलाई लक्षित गरी

सिक्टा सिँचाइ आयोजना : २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

राँझा– बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना सुरु भएको

एक अर्ब ४७ करोड बढी राजस्व सकंलन

चितवन– गत आर्थिक वर्षमा भन्दा चालु आवमा एक अर्ब ४७

ट्रम्प धेरै बोल्छन् : इरानी उपविदेशमन्त्री

काठमाडौं- इरानी उपविदेशमन्त्री सइद खातिबजादेहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको निर्देशन, यी हुन् क्षेत्रहरू 

काठमाडौं– गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’