ईपीएलको पहिलो खेलमा काठमाडौँको शानदार जित « Khabarhub

ईपीएलको पहिलो खेलमा काठमाडौँको शानदार जित


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) को पहिलो खेलमा शनिबार काठमाडौँ किंग्स ११ ले ललितपुर प्याट्रियसमाथि शानदार जित हात पारेको छ । त्रिवि अन्तर्राष्ट्रिय मैदानमा  जारी संस्करणको पहिलो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौँले ललितपुरलाई ७ विकेटले पराजित गरेको हो ।

पहिला ब्याटिङ गरेको ललितपुरले ८ विकेट गुमाए १५७ रन बनाएको थियो । जवाफमा काठमाडौँले ३ विकेट गुमाएर १४ ओभर २ बलमा लक्ष्य भेट्टायो । काठमाडौँको जितमा विदेशी खेलाडी र्‍यान ब्रुलले ३४ बलमा ७३ रनको विस्फोटक ब्याटिङ गरे । यस्तै नेपाली खेलाडी राजु रिजालले नटआउट १९ रनको योगदान दिए भने विदेशी खेलाडी रमल्लाह गुरबाजले ३६ बलमा ५९ रनको योगदान दिए ।

काठमाडौँका ओपनर नेपाली खेलाडी सुवास खकुरेल शून्यमा आउट भएका थिए । यस्तै अमित श्रेष्ठले मात्र ४ रन बनाए ।

ललितपुरका लागि पवन सर्राफले १ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको ललितपुरले खराब शुरुआत गरेको थियो । नेपाली स्टार ओपनर कुशल भुर्तेल शून्यमा आउट भए भने विदेशी खेलाडी सनदुन वीराक्कोडीमात्र २ रनमा आउट भए । यसपछि विदेशी खेलाडी ओसिन्डा फर्नान्डो ४ र शंकर राना १४ रनमा आउट भए ।

खराब ब्याटिङ गरेको ललितपुरलाई पवन सर्राफले ६१ रन बनाउँदै सम्मानजनक स्कोरसम्म पुर्‍याएका थिए । काठमाडौंका लागि जितेन्द्र मुखियाले ४ विकेट लिएका थिए भने सन्दीप लामिछाने विकेटबिहीन बनेका थिए ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ३ : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै