सवारी दुर्घटनामा एकजनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा एकजनाको मृत्यु


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ अरनिको राजमार्गअन्तर्गत होटल अरनिको अगाडि टिपर र मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार शुक्रबार राति बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको प्रदेश३–०२००७प ४०८८ नंको मोटरसाइकल धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा४ख ६२२० नंको टिपरसँग ठोक्किएर दुर्घटना भएको हो ।

घटनामा परी मोटरसाइकल चालक पाँचखाल नगरपालिका–११ का ३३ वर्षीय सुमन रेग्मी गम्भीर घाइते भई धुलिखेल अस्पतालमा उपचारका क्रममा आज मुत्यु भएको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए । मृतक रेग्मीको शव परीक्षणपछि परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । प्रहरीले गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  १० : ०० बजे

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

इलाम– केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व