विश्वभर संक्रमितको दैनिक वृद्धिमा कमी, मृतक ५ हजार ८०० | Khabarhub Khabarhub

विश्वभर संक्रमितको दैनिक वृद्धिमा कमी, मृतक ५ हजार ८००


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा विश्वभर ३ लाख ७६ हजार ६५७ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै अमेरिकामा ५४ हजार ११४, बेलायतमा ३१ हजार ३४८, भारतमा २८ हजार १४९, टर्कीमा २६ हजार १४५ जना संक्रमित पहिचान भएको छ ।

त्यसैगरी रुसमा २२ हजार ४१, ब्राजिलमा १५ हजार ६८८ र इरानमा १० हजार ८४३ जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा ५ हजार ८८१ जना संक्रमितको मृत्यु भएको छ । अमेरिकामा ७६५, ब्राजिलमा ५४८, रुसमा ८२२, इरानमा २९०, टर्कीमा १९३ र बेलायतमा १२२ जना संक्रमितको मृत्यु भएको हो ।

भारतमा मृत्यु हुनेको संख्या २५८ छ । यससँग भारतमा मात्रै मृत्यु हुनेको संख्या हालसम्म ४ लाख ४६ हजार ९४८ पुगिसकेको छ ।

यही अवधिमा ३ ला ९५ हजार ८२० जना संक्रमित कोरोनामुक्त भएका छन् । कोरोनामुक्त हुनेमा पनि अमेरिका सबैभन्दा अगाडी छ ।जहाँ ४९ हजार ५१, भारतमा २५ हजार ९९०, ब्राजिलमा ७ हजार ५ सय, बेलायतमा २७ हजार ९९८ जना निको भएका छन् ।

यस्तै रुसमा १६ हजार,टर्कीमा १९ हजार, इरानमा २३ हजारभन्दा बढि कोरोनामुक्त भएका छन् ।

विश्वभर २३ करोड २२ लाख ४५ हजार ३२७ कोरोना संक्रमितमध्ये हालसम्म २० करोड ८८ लाख ५२ हजार ४९१ जना निको भइसकेका छन् ।

 

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ६ : ३० बजे

अलैँचीको मूल्य पाउँदा किसान उत्साहित

फुङ्लिङ– ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन् ।  टिपाइको मुख्य

गर्भवतीको समयमै हवाई उद्धार हुँदा …

खाँदबारी– सुत्केरी हुने क्रममा स्वास्थ्य अवस्था जटिल भएपछि सङ्खुवासभाको मकालु

कीर्तिपुर क्रिकेट मैदानको काम धमाधम, फ्लडलाइटको ६ वटै पोल उठाइयो (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको काम अहिले धमाधम भइरहेको छ

नर्भिकले बढायो नर्सहरूको तलब 

काठमाडौं– नर्भिक इन्टरनेसनल अस्पतालले आफ्ना नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि गरेको

प्रहरीले मनायो कुकुर तिहार (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले सेवा कुकुरसहित कुकुर तिहार पर्व मनाएको छ