एमालेले आज महाधिवेशनमा पेश गरिने प्रतिवेदनलाई अन्तिम रुप दिने « Khabarhub

एमालेले आज महाधिवेशनमा पेश गरिने प्रतिवेदनलाई अन्तिम रुप दिने

दस्तावेजमाथि आएका सुझावमाथि पार्टी अध्यक्ष ओलीले प्रष्ट पार्ने


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (आइतबार) बस्दैछ ।

शुक्रबारबाट काठमाडौँमा सुरु भएको बैठकमा शनिबार पार्टीको विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने तीन वटा दस्तावेज (राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधनसम्बन्धी प्रस्ताव)माथि समूहगत छलफल सकिएपछि आइतबार बिहान पुन: ११ बजे बैठक  बस्ने गरी सकिएको थियो ।

आजको बैठकमा दस्तावेजमाथि आएका सुझावमाथि पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रतिवेदन प्रस्तोताले प्रष्ट पार्ने बताइएको छ। त्यसपछि अध्यक्ष ओली र सुझाव पेश गर्न बनाइएका १० वटै समूहका समूह नेताबीच छलफल गरेर महाधिवेशनमा पेश गरिने प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी छ ।

शनिबारको बैठकमा दश वटा टोली नेतालगायत केही स्थायी कमिटी सदस्यहरुले विभिन्न बिषयमा सुझाब राखेका थिए ।

शनिबारको बैठकमा के–के आए सुझाव

७० वर्षे उमेर हद कायम राख्ने ।

पदाधिकारी बढाउने ।

कार्यकारी पदमा दुई पटकभन्दा धेरै बस्न नपाइने ।

‘प्रादेशिक संरचनामा देश भएकाले सोही अनुसार पदाधिकारी पनि राख्नुपर्ने ।

आगामी निर्वाचनमा पहिलो पार्टी बन्न पार्टीको सम्पूर्ण ध्यान केन्द्रीत गर्नुपर्ने ।

जनताको बहुदलीय जनवाद (जबज)लाई परिमार्जनसहित अघि बढाउने ।

एमाले एकताको प्रतीक भएकोले विभाजनलाई एकतामा जोड्ने ।

 

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ७ : २५ बजे

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी