खाद्य, विज्ञान र प्रविधिको नवौं सम्मेलन काठमाडौँमा | Khabarhub Khabarhub

खाद्य, विज्ञान र प्रविधिको नवौं सम्मेलन काठमाडौँमा

फुड कन्फरेन्समा सहभागिताका लागि विद्यार्थीलाई दर्ता आव्हान


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खाद्य तथा पोषण अत्यन्त संवेदशनशील र महत्वपूर्ण कुरा हो । यस विषयमा पछिल्ला समयमा नेपालमा पनि धेरै प्रयोग, अध्ययन र नविनतम खोजी भइरहेका छन् ।

यसैक्रममा पछिल्लो ९ वर्षदेखि नेपालमा नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघको संयोजकत्वमा वार्षिक रुपमा फुड कन्फरेन्सको आयोजना गरिँदै आएको छ ।

यस विषयमा विशेषज्ञदेखि विद्यार्थी, व्यवसायी, शोधकर्ता अनि प्रयोगकर्तासम्म उत्साहित रुपमा सहभागी भएर आयोजना हुने यो राष्ट्रिय खाद्य सम्मेलनमा सहभागी हुन सबैलाई आमन्त्रण गरिएको छ ।

नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघ, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, केन्द्रीय प्रविधि क्याम्पस धरान, बलियो नेपाल पोषण कार्यक्रम र वाइपी यार्ड एसिया प्यासिफिकको संयूक्त आयोजनामा हुने सम्मेलन असोज १५ र १६ गते काठमाडौँको एभरेष्ट होटल नयाँ बानेश्वरमा हुँदैछ ।

कार्यक्रममा खाद्य प्रविधिसँग समबन्धित कलेज र अन्तर्राष्ट्रिय शोधकर्ताको पनि उपस्थिति हुनेछ । याे वर्षको सम्मेलनमा भाग लिन भर्चुअल सेसनको समेत व्यवस्था गरिएको छ, । नेपालका जुनसुकै ठाउँमा रहेका विद्यार्थीले सहजै आफूलाई रजिष्टर गरेर प्रविधिमार्फत यो कन्फरेन्समा सहभागी जनाउन सक्नेछन् । रजिष्टरका लागि यो लिंकमा क्लिक गर्नुहोस्

कार्यक्रमका बारे गरिएको अन्तर्वार्तामा खबरहबसँग बोल्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले स्वस्थकर जीवनशैलीका लागि खाद्यान्नको गुण अत्यन्त महत्वपूर्ण हुने बताए । यसका लागि उपभोक्तादेखि उत्पादक अनि शोधकर्ता सबैजनाको साझा बुझाई रहनुपर्ने उनको भनाइ छ ।

रायसँग गरिएको कुराकानी हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ११ : ४१ बजे

औषधिमा २५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने ट्रम्पको संकेत

एजेन्सी – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातित औषधिजन्य

पानीपुरी र चटपटेका ठेला खोज्दै काठमाडौँ महानगर, बिक्री अनुगमन गर्ने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले पानीजन्य रोगबाट नागरिकलाई बचाउन पानीपुरी, चटपटेलगायत

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।

लेक लागेर अन्नपूर्ण क्षेत्रमा गत वर्ष १८ पर्यटकको मृत्यु

गण्डकी : गत आवमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८

एमालेले विधान महाधिवेशनलाई राजनीतिक उत्सवका रूपमा मनाउँछ : महासचिव पोखरेल

काठमाडौँ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दोस्रो विधान