एशियामा मानवीय सहयोग प्रवाह गर्ने अमेरिकी कदमको स्वागत « Khabarhub

एशियामा मानवीय सहयोग प्रवाह गर्ने अमेरिकी कदमको स्वागत


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानको नवगठित तालिबानी प्रशासनले संयुक्त राज्य अमेरिकाले एशियाली देशमा मानवीय सहायता प्रवाह गर्ने कदमको स्वागत गरेको छ ।

यहाँको परराष्ट्र मन्त्रालयका प्रवक्ता अब्दुल कहार बल्खीले आइतबार जनाएअनुसार “अफगानिस्तानको इस्लामिक इमिरेट्सको विदेश मामिला मन्त्रालयले अमेरिकी सरकारी निकायहरूलाई अन्तरराष्ट्रिय र गैरसरकारी संस्थासँगै बैंकहरूले खाना र औषधिको प्रवाहलाई सहज बनाउनका लागि अनुमति दिने पछिल्लो निर्णयको स्वागत गरेको छ ।”

अफगानिस्तानले अमेरिका र अन्य अन्तरराष्ट्रिय संगठनहरू सहित सबै देशहरू अफगानिस्तानको नयाँ सरकारसँग सम्बन्ध स्थापित गर्दै अफगानी जनतालाई मानवीय सहायता प्रदान गर्ने कार्यमा सहयोगी हुने अपेक्षा पनि गरेको छ।

तालिबानी काम चलाउ सरकारका कार्यबाहक परराष्ट्रमन्त्री अमीर खान मुत्ताकीले अफगानिस्तान छिमेकी लगायत सबै देशसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न चाहेको बताएका छन् । यसै बीच अमेरिकाले शुक्रबार लाइसेन्स जारी गर्दै अमेरिकी सरकार, गैरसरकारी संस्थाहरू र अन्य केही अन्तरराष्ट्रिय संगठनहरूलाई अफगानिस्तानलाई मानवीय सहायता प्रदान गर्न अनुमति दिएको छ।

यस महिनाको शुरुमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफगानिस्तानमा पूर्ण आर्थिक पतनको सम्भावना “गम्भीर” रहेको चेतावनी दिदै अफगानिस्तानलाई आर्थिक सहायता उपलब्ध गराउन अन्तरराष्ट्रिय समूदायलाइ आग्रह गरेका थिए ।

उनले अफगानिस्तानको लागि १.२ बिलियन अमेरिकी डलर राहत दिने वाचा गर्ने देशहरूलाई छिटो कदम चाल्न समेत आग्रह गरेका थिए भने तालिबानी अधिकारीहरूले उक्त सहायता पारदर्शी ढङ्गले लक्ष्यित समूहमा पुर्याउँने प्रदिबद्धता पनि व्यक्त गरेका थिए । रासस/सिन्ह्वा

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  १ : ४६ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित