मनाङमा पर्यटक भित्र्याउन पदमार्गको अनुगमन « Khabarhub

मनाङमा पर्यटक भित्र्याउन पदमार्गको अनुगमन


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ– लामो समयदेखि कोभिड–१९ सङ्क्रमणका कारण पर्यटन व्यवसाय पूर्णरुपमा ठप्प छ ।

यसलाई चलायमान बनाउने उद्देश्यले प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने नेतृत्वको टोलीले अन्नपूर्ण संरक्षण क्षेत्रको पदमार्गको अनुगमन गरिएको छ ।

बाढीपहिराले पदमार्गमा क्षति पुर्‍याएको अवस्थाबारे अध्ययन गरी यसको मर्मतसम्भारका लागि सहयोग पुर्‍याउने उद्देश्यले सो क्षेत्रको अनुगमन तथा अवलोकन गरिएको प्रजिअ लामिछानेले बताए । कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण हुँदै गएपछि पर्यटक आउने सम्भाव्यतालाई मध्यनजर गरी पदमार्ग खुलाउन अनुगमन गरिएको उनले बताए ।

प्रजिअ लामिछानेसहित जिल्लाका सुरक्षा निकाय, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप), नेपाल पत्रकार महासङ्घलगायत टोलीले पदमार्गको अनुगमन गरेको छ । अनुगमनका क्रममा पदमार्गअन्तर्गत केही स्थानमा बाढीपहिराले क्षति पुर्‍याएको पाइएको उनले बताए ।

“पर्यटक भित्रिने अनुकूल मौसम हो । कोभिड न्यूनीकरण हुँदै जानु र मौसम अनुकूलताले पर्यटक आउने भएकाले पदमार्ग अनुगमन गरी मर्मतसम्भार गरिनेछ । अब पर्यटक भित्र्याउन हामी तयार छौँ”, उनले भने, “जिल्लामा पर्यटक भित्रिँदै गर्दा सहज बनाउने कार्यमा जोड दिनु हाम्रो दायित्व हो ।”

पर्यटकका लागि विशेष गरी सबैभन्दा उच्च स्थानमा रहेको तिलिचो ताल ९४९१९ मिटर जाने बाटो मर्मत तथा पुनर्निर्माण गरिएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष छिनी दोर्जे गुरुङले बताए । उनका अनुसार नेपालकै उच्च स्थानमा भएको तिलिचो ताल जाने बाटोको फोहरमैला व्यवस्थापन र खुलादिसामुक्त क्षेत्र बनाउने उद्देश्यले विभिन्न स्थानमा सार्वजनिक शौचालयले निर्माण गरिएको छ ।

जिल्लामा थलिएको पर्यटन व्यवसाय सञ्चालनमा ल्याउन प्रमुख जिल्ला अधिकारी लामिछानेको टोली सक्रियता देखाएकोप्रति अन्नपूर्ण बेसक्याम्पका व्यवसायी डम्बर गुरुङ, कर्मा ढेण्डु गुरुङलगायत पर्यटन व्यवसायी हर्षित भएका छन् ।

पर्यटन व्यवसायलाई चलायमान बनाउन सकिने र केही पर्यटक आउनेक्रम सुरु भइसकेको पर्यटन व्यवसायी डम्बर गुरुङले बताए । “अनुकूल मौसममा प्रशासनले चासो दिनुले हामी पर्यटन व्यवसायीलाई सहयोग पुग्छ । दुई वर्षदेखि थलिएको व्यवसाय चलायमान हुनुका साथै जिल्लाका आयआर्जन पनि वृद्धि हुनेछ”, अर्का व्यवसायी कर्मा ढेण्डु गुरुङले भने ।

पदमार्गअन्तर्गत तलेखु–भ्राताङ भिरमा मानिस हिँड्न मिल्ने बाटो निर्माण भइसकेको छ भने सवारी आवागमनका लागि भिर फोडेर सडक निर्माणको काम भइरहेको प्रजिअ लामिछानेले बताए । “भ्राताङ भिरमा पैदल हिँड्न मुस्किल छैन । सवारीसाधन चलाउन सकिएको छैन । तर, माथिल्लो मनाङको सडकमा खासै समस्या छैन । अब हामी पर्यटक भित्र्याउन सक्नेछौँ र तयारी पनि गरिरहेका छौँ”, उनले भने ।

तल्लो मनाङको विभिन्न भागमा सडक निर्माणको काम भइरहेको छ । खोत्रोसम्म सवारी चलेको छ भने चामे गाउँपालिका र माथिल्लो मनाङमा सीमित रहेर सवारी चलिसकेको छ । माथिल्लो मनाङबाट खाङ्सारसम्म भने सवारी चलिरहेको छ । बेँसीशहर–चामे सडकखण्ड नेपालीको ठूलो पर्व बडादसैँसम्म सञ्चालन गर्ने तयारीमा छ । रासस

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  २ : ३५ बजे

एसिसी पुरुष यु-१९ प्रिमियर कप फाइनल : टस जितेर यूएईविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं – एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा अहिले

पूर्वी नाकाबाट १६ अर्बको सामान आयात, आठ अर्बको निर्यात

काकरभिट्टा– पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा १६

ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको उद्धार

म्याग्दी – म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२

स्याडो पिक्चर्सले ‘धुरन्धर’ नेपालमा वितरण गर्ने, नेपाली फिल्मलाई विश्वव्यापी ओटिटी प्लेटफर्मको ढोका खुल्यो 

काठमाडौं– नेपाली चलचित्र वितरण क्षेत्रमा द्रुत गतिमा उदाउँदै गएको ‘स्याडो

पुस्तकमा एउटा प्रशासकको बकपत्र- ‘मैले भ्रष्टाचार गरेको छैन’

काठमाडौं– नेपाल वायुसेवा निगमले ०७५ सालमा एयरबस कम्पनीका दुईवटा विमान