सहुलियत मूल्यको चामल बिक्री सुरु « Khabarhub

सहुलियत मूल्यको चामल बिक्री सुरु


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिर्तामोड कार्यालयले चाडपर्व लक्षित गरेर सहुलियत मूल्यमा उपभोक्तालाई चामल बिक्री सुरु गरेको छ ।

कार्यालयले नौ हजार क्विन्टल चामल सहुलियत मूल्यमा बिक्रीका लागि राखेको कार्यालयमा प्रमुख देवेन्द्र राईले बताए । कार्यालयबाट दैनिक १२/१५ जनाले मात्र खरिद गर्ने गरेको उनले जानकारी दिए ।

हालसम्म २३ क्विन्टल चालम बिक्री भइसकेको उनले बताए । उनकाअनुसार चामलमा प्रतिकेजी रु पाँच अर्थात आठ प्रतिशत मात्र छुट दिएको छ ।

कोभिड–१९ का कारण जिल्लामा गरिएको निषेधाज्ञा अवधिभर कार्यालयले २० प्रतिशत छुटमा चामल बिक्री गरेको थियो । सो समयमा दैनिक २०० भन्दा बढी चामल किन्न आउनेको भीड नियन्त्रण गर्न कुपन लागू गर्नुपरेको थियो ।

उनले कार्यालयले सोना मन्सुली, बासमती र स्टिम जिरा मसिनो चामल सहुलियत मूल्यमा बिक्री गरिरहेको बताए । चामल खरिदकर्ताले एक पटकमा तीनै प्रकारका चामल एक/एक बोरा खरिद गर्न सक्ने तर एउटै प्रकृतिको चामल भने एक बोरा मात्र खरिद गर्ने सकिने उनको भनाइ छ ।

कार्यालय प्रमुख राईले बासमती चामलको बजार मूल्य प्रतिकेजी रु १०६, स्टिम जिरा मसिनोको रु ६५ रहेकामा कार्यालयले प्रतिकेजीमा रु पाँच छुट दिएर बिक्री गरिरहेको बताए ।

“चाडपर्व आउन अझै निकै दिन बाँकी छ”, उनले भने, “मानिसले पैसा जोहो गर्दै हुनुहुन्छ होला । थोरै भए पनि सहुलियत छ, आइहाल्नुहुन्छ नि !”

असोज १ गतेदेखि दसैँ, तिहार र छठलाई लक्षित गर्दै बिक्री शुरु गरिएको चामल कात्तिक २४ गतेसम्म बिक्री हुने जनाइएको छ ।

कार्यालयबाट सहुलियत मूल्यको चामल पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङ पठाइने उहाँको भनाइ छ । सरकारले उपभोक्तालाई चाडपर्वमा खाद्यवस्तु, चामल, गहुँ, दाल, चिउरा, आटाको पिठो, तोरीको तेल, सनफ्लावर तेल सहुलियत मूल्यमा बिक्रीका लागि अनुमति दिए पनि कार्यालयमा भने चामल मात्र रहेको प्रमुख राईले जानकारी दिए ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ९ : १५ बजे

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको