धवलागिरि हिमाल आरोही आधार शिविरमै रोकिए « Khabarhub

धवलागिरि हिमाल आरोही आधार शिविरमै रोकिए


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर – खराब मौसम र हिमपातका कारण धवलागिरि हिमाल आरोहणमा गएका आरोहीहरु आधार शिविरमा पुगेर रोकिएका छन् । ८२ वर्षीय स्पेनी आरोही कार्लोस सोरिया फोन्टेनसहित ४० जना आरोहीको समूह प्रतिकूल मौसमका कारण धवलागिरि हिमालको दोस्रो आधार शिविरमा पुगेर रोकिएका हुन् । विगत एक सातादेखि अनुकूल मौसमको प्रतीक्षामा आधार शिविरमा नै रोकिएको ८२ वर्षीय कार्लोसले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

कार्लोसले मनास्लु, लोत्से, सगरमाथा, अन्नपूर्ण, मकालुलगायत नेपालका आठ हजार मिटर अग्ला १२ वटा हिमालको आरोहण गरेर विश्व कीर्र्तिमान कायम गरेका छन् । यी सबै हिमाल उनी ६० वर्षदेखि ८२ वर्षसम्मको २२ वर्षको समयावधिमा आरोहण गरेको जनाइएको छ । धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गरेका कार्लोस दुई दशकयता ११औँ पटक आरोहण गर्दा पनि धौलागिरिको शिखरमा पुग्न सकेका छैनन्।

यो सिजनमा पूर्णिमा श्रेष्ठ, माया शेर्पा गरी चार नेपाली महिलासहित ४० जना धवलागिरि आरोहण क्रममा छन् । कार्लोस र नेपाली महिला आरोही गत भदौ २८ गते म्याग्दीको मङ्गला गाउँपालिकाको बाबियाचौरबाट हेलिकप्टरमा धवलागिरिको सबैभन्दा तलको इटली क्याम्प उत्रिएका थिए ।

धवलागिरि पदमार्गमा पर्ने बेनी–दरबाङ सडकको मालिका–६ मा पहिरोले यातायात अवरुद्ध भएपछि पर्वतारोही र सामग्री हेलिकप्टरबाट बेसक्याम्प पुर्‍याइएको थियो । सबैभन्दा बढी उमेरका पर्वतारोहीको कीर्तिमान राख्ने अभियानमा रहेका कार्लोस धवलागिरिबाहेक तीब्बतको सीसापाङ्माको चुचुरो चुम्न मात्र बाँकी छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ७ : ४० बजे

बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, हिमपहिरो मुख्य कारण रहेको चिनियाँ दूतावासको भनाइ

काठमाडौँ – काठमाडौँस्थित चिनियाँ दूतावासले रसुवागढी–ग्याइरोङ सीमा क्षेत्रमा गएको बाढी

प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार : सञ्चार र विद्युत् सुचारु गर्न उपकरण पठाइयो

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले प्रभावित क्षेत्रमा राहत तथा

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

गण्डकी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री

भोटेकोशी बाढीपछि चीनतर्फ पनि ठूलो क्षति, उद्धारमा जुट्यो चिनियाँ सेना

काठमाडौँ – नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोले नेपालतर्फ

रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

काठमाडौँ – रसुवा जिल्लामा आएको विनाशकारी बाढी र पहिरोपछि ठूलो