गड्डाचौकी नाकालाई सहज बनाउन माग « Khabarhub

गड्डाचौकी नाकालाई सहज बनाउन माग


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कोरोनाको दोस्रो लहरका बेला बन्द गरिएको नेपाल–भारत सीमानाकामा भारतीयलाई आवागमनमा अझै सहज गरिएको छैन ।

केही दिनअघि मात्रै सरकारले नेपाल–भारत सीमानाका खुल्ला गर्ने निर्णय गरेको थियो तर कञ्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल आउने भारतीयलाई सहज भने गरिएको छैन् ।

नेपाली दैनिक मजदुरीका लागि भारत जाँदा परिचय खुल्ने कागजात हेरेर जान दिइरहेको छ । नेपाल आउने भारतीयलाई भने आधार कार्ड र पछिल्लो ७२ घण्टामा कोरोना परीक्षण गरेको रिपोर्ट देखाएमात्रै आउन दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले जानकारी दिए ।

‘माथिबाट आएको परिपत्रअनुसार आधार कार्ड र पिसिआर रिपोर्ट हेरेर मात्रै भारतीयलाई आउन दिइन्छ ।’ उनले भने, ‘पूर्णरुपमा अझै सहज भइसकेको छैन ।’ उनले भारतीय सवारी साधन भने अझै आउन रोक लगाइएको बताए। भारतीय महेन्द्रनगर बजार क्षेत्रमा व्यापारिक कारोबार, घुम्नका साथै धार्मिक भ्रमणका लागि बढी मात्रामा आउने गरेका छन् ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले व्यावसायिक हिसाबले नाका सहज बनाउनुपर्ने बताए । ‘नाकालाई स्थानीय बजारलाई निर्वाधरुपमा खुलाउनुपर्छ ।’ उनले भने, ‘स्वास्थ्य परीक्षण अब कोरोनाका कारणले गर्न आवश्यक देखिँदैन ।’ पछिल्लो समय चाडपर्व नजिकिएसँगै विभिन्न भारतीय सहर स्वदेश फर्किने क्रम बढेको छ ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीले पछिल्लो केही दिनयता नाकाबाट दैनिक पाँच-छ सय नेपाली घर फर्किरहेको बताए।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  १० : ५८ बजे

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक