विराटनगरमा अवतरण नभएको बुद्ध एयरको जहाज काठमाडौँमा ‘आकस्मिक’ अवतरण « Khabarhub

विराटनगरमा अवतरण नभएको बुद्ध एयरको जहाज काठमाडौँमा ‘आकस्मिक’ अवतरण


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विराटनगरमा अवतरण गर्न समस्या भएपछि काठमाडौँ फर्काइएको बुद्ध एयरको विमान ‘आकस्मिक’ र सुरक्षित अतवरण भएको छ ।

८ बजेर ३३ मिनेटमा काठमाडौंबाट विराटनगरका लागि उडेको विमान ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसकी काठमाडौंतर्फ फर्किएको थियो । बुद्ध एयरको ९ एन एएनआई एटिआर विमान आकाशमा करिव १० फन्को लगाएर १०:२१ बजे त्रिभुवन विमानस्थलमा सुरक्षितरुपमा अवतरण भएको हो ।

दुई घण्टा आकाशमा होल्ड भएको विमानको इन्धनसमेत सकिन लागेपछि आवश्यक सबै आकस्मिक तयारी पूरा गरेर अवतरण गरिएको त्रिभुवन विमानस्थल प्रशासनले जनाएको छ ।

क्याप्टेन एजी शेर्पाले उडाएको उक्त विमानमा ७३ यात्रु र चालकदलका ४ सदस्य सवार थिए । विमान ठिकठाकसँगै अवतरण भएपछि सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल रहेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  १० : ४४ बजे

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक