काठमाडौँ- विराटनगरमा अवतरण गर्न समस्या भएपछि काठमाडौँ फर्काइएको बुद्ध एयरको विमान २ घण्टापछि सुरक्षित अतवरण भएको छ ।
ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा काठमाडौँ नै फर्काइएको उक्त जहाज सम्भावित दुर्घटनाबाट जोगिएको छ ।
सम्भावित दुर्घटना टार्न त्रिभुवन विमानस्थलमा दमकल, एम्बुलेन्स तथा उद्धारकर्ता तमतयार राखिएको पनि यात्रु र तिनका आफन्त चिन्तित थिए ।
विमानलाई क्याप्टेन क्याप्टेन एजी शेर्पाले १० बजेर २१ मिनेटमा सुरक्षित अवतरण गराएपछि ७३ यात्रुले नयाँ जीवन पाएका छन् । विमानमा चालकदलका ४ सदस्य पनि सवार थिए ।
प्रतिक्रिया