मेगा बैंकबाट झापाका किसानहरुलाई मेगा किसान कार्ड वितरण | Khabarhub Khabarhub

मेगा बैंकबाट झापाका किसानहरुलाई मेगा किसान कार्ड वितरण


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मेगा बैंक नेपाल लिमिटेडले झापाका किसानहरुलाई मेगा किसान कार्ड वितरण गरेको छ ।

परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि खेती गर्नका लागि हिमशिखर एग्रो एण्ड हर्ब रिसर्च सेन्टर प्रा.लि. संगको सहकार्यमा झापाको दमकमा मेगा किसान कार्ड वितरण गरिएको हो । सो अवसरमा कृषि क्षेत्रको प्रबद्र्धन गर्न वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।

कार्यक्रमममा मेगा बैंकको माइक्रो एण्ड एग्रो फाइनान्सिङ्ग विभागका प्रमुख पुण्यप्रसाद खनिया, प्रदेश नम्बर १ का प्रदेश प्रमुख विवेकबन्धु न्यौपाने, मेगा बैंक दमक शाखाका प्रमुख मोहनप्रसाद अर्याल लगायतले कृषकहरुलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी बैंकिङ्ग सेवा सुविधाहरु बचत, ऋण, रेमिटान्स, बचत गर्ने उपायहरु, बचत तथा ऋणको महत्वकोे बारेमा प्रकाश पार्नुभयो ।

नेपाल कृषिप्रधान देश भएतापनि कृषिमा आत्मनिर्भर नभएको वर्तमान अवस्थामा आधुनिक ढंगले कृषि व्यवसाय गर्न सके कृषि क्षेत्रमा राम्रो योगदान दिन सकिने र कृषकहरुको आर्थिक जीवनस्तर पनि माथि उठाउन सकिने कुरामा जोड दिँदै उहाँहरुले कृषकहरुले उठाएका जिज्ञासा एवं सवालहरुको समाधान गर्नुभएको थियो ।

हिमशिखर एग्रोसँगको सम्झौतापश्चात मेगा बैंकले हिमशिखर एग्रोसँग आवद्ध ग्रामीण भेगका किसानहरुलाई कृषि उत्पादनमा आवश्यक कर्जा लगानी गर्नको लागि साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण व्यवसायिक कृषि तथा पशुपालन कर्जा प्रदान गर्दै आएको छ ।

साथै, मेगा बैंकले कृषकहरुलाई बैंकको किसान क्रेडिट कार्ड उपलब्ध गराउदै आएको छ । किसान कार्डमार्फत कृषकहरुले आफूलाई आवश्यक परेको कृषि सामग्रीहरु, बीऊ, मल, किटनाशक औषधी लगायतका सामानहरु नजिकको पसलबाट खरिद गर्न सक्नेछन् । किसान क्रेडिट कार्ड मेगा बैंकले कृषकहरुलाई जारी गरेको पहिलो अत्यााधुनिक सेवा हो, जसले गर्दा किसानहरुलाई बैंकिङ्ग कारोबार गर्न सहज र सरल भएको छ ।

दमक नगरपालिकाका मेयर रोमनाथ ओलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा हिमशिखर एग्रोका प्रमुख कार्यकारी अधिकृत प्रकाशचन्द्र घिमिरे लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ३ : १८ बजे

कीर्तिमानी आरोही पुर्जालाई काठमाडौंमा गरियो भव्य स्वागत

काठमाडौं– सातै महादेशका अग्ला हिमालको चुचुरोमा दुई पटक चढेर कीर्तिमान

भारतको तीन करोड सहयोगमा निर्मित आँबुखैरेनी क्याम्पस भवन उद्घाटन

काठमाडौं- भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको तनहुँको आँबुखैरेनी क्याम्पसको

बजारमा सिटामोल अभाव  छैन : औषधि लिमिटेड

काठमाडौं– बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र रहेको नेपाल

अमेरिकी चुनाव : पछिल्लो सर्वेक्षणमा ट्रम्प बलियो, ह्यारिसलाई झट्का

काठमाडौं- अमेरिकामा राष्ट्रपतीय निर्वाचन आउन दुई साता मात्र बाँकी छ

सिस्नेरी पहिरोमा ६ किशोर फुटबलरको निधन : परिवारले एन्फाविरुद्ध गुहारे प्रधानमन्त्री

काठमाडौं- मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका बाल फुटबल