हरित, उत्थानशील तथा समावेशी विकासमा विश्व बैंकको जोड « Khabarhub

हरित, उत्थानशील तथा समावेशी विकासमा विश्व बैंकको जोड


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ महामारीबाट उत्थानशील पुनर्लाभ प्राप्त गर्नका लागि नेपाललाई सघाउने प्रतिबद्धता दोहोर्‍याउँदै दक्षिण एसियाका लागि विश्व बैंकका वरिष्ठ अधिकारीले आज आफ्नो पाँच दिने नेपाल भ्रमण पूरा गरी कार्यस्थल फर्किएको छ ।

बैंकले जारी गरेको विज्ञप्तिअनुसार बैंकका उपाध्यक्ष हार्टविग सेफरलगायत अधिकारीले नेपालको भौतिक पूर्वाधारको विकासमा गरेको सहयोगका विविध पाटोमा छलफल गरेका थिए । बैंकका वरिष्ठ अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मासँग अलगअलग भेट गरेको थियो ।

उपाध्यक्ष सेफरले नेपालको कोभिड–१९ खोपको तिव्र विस्तार तथा आर्थिक पुनरुत्थानमा जोड सहितको कोभिड प्रतिकार्यको सराहना गरेका थिए । ती बैठकले सुधार कार्यान्वयन तथा द्रूत लगानी र नेपालको दिगो विकासका लागि उच्च सहकार्यको महत्वलाई जोड दिएका थिए ।

“विसं २०७२ को भूकम्पलगायत विविध आघातबाट थप सशक्तरूपमा माथि उठेको र कोभिड–१९ महामारीबाट पनि थप सबल पुनःनिर्माणका लागि एउटा स्पष्ट नीतिसहित काम गरिरहेको नेपाल वास्तवमै उत्थानशीलताको एउटा बलियो दृष्टान्त हो”, हार्टविग सेफरले भने ।

“विकासका लागि नेपालको साझेदार हुनुमा विश्व बैंक गर्व गर्छ र नेपालको हरित, उत्थानशील र समावेशी पुनुरूत्थानका लागि हामी सरकार, विकास साझेदार, निजी क्षेत्र, नागरिक समाज, र अन्य प्रमुख सरोकारवाला मिलेर काम गर्न प्रतिबद्ध छौँ”, उनले भने ।

नेपालको हरित, उत्थानशील र समावेशी विकाससम्बन्धी उच्चस्तरीय सम्मेलनको अवसरमा जारी गरिएको काठमाडौँ घोषणापत्रमा हस्ताक्षर गर्न विश्व बैंक नेपाल सरकार र विकास साझेदारको साथमा सहभागी भएको थियो ।

उक्त घोषणापत्रले ग्रिड भिजन प्रतिको नेपाल सरकारको प्रतिबद्धतालाई उजागर गर्दै सम्भावित प्राथमिकता लगानी, बजार प्रोत्साहन र नीति, संस्थागत कार्यलगायत क्षेत्र तथा ग्रिडतर्फको नेपालको यात्राका लागि आवश्यक सूचनासहित साझेदारको सहयोगलाई एकताबद्ध गरेको छ ।

उच्चस्तरीय टोलीले प्रस्तावित माथिल्लो अरूण जलविद्युत् आयोजना निर्माणस्थल तथा ढल्केबर सबस्टेशनको पनि भ्रमण तथा अवलोकन गरेको थियो । विश्व बैंकले प्रस्तावित माथिल्लो अरूण जलविद्युत् आयोजनाको विकासका लागि तथा नेपाल–भारत उच्च भोल्युमको सिमापार विद्युत् व्यापारलाई सहजीकरण गर्नका लागि नेपालकै सबैभन्दा ठूलो ढल्केबर सबस्टेशनको लागि सम्भाव्यता अध्ययनमा सहयोग गरिरहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ९ : ०१ बजे

जथाभावी सप्लिमेन्ट : अनावश्यक सेवनले मिर्गौला र युरिक एसिडको जोखिम

काठमाडौँ – पछिल्लो समय जिम जाने युवा हुन् वा ‘फिट’

मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो : सडक खुलाउने प्रयास जारी

चितवन – नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा ढुङ्गासहितको पहिरो खस्दा सडक

संसद्‌मा बहुमत हुँदाहुँदै किन अध्यादेश ? यस्तो छ कानुनमन्त्री गौतमको जवाफ

काठमाडौँ – सरकारले हालै जारी गरेका अध्यादेशलाई लिएर सडकदेखि सदनसम्म

रास्वपा सचिवालय बैठक बस्दै: महाधिवेशन कार्यविधि र विधान संशोधन मुख्य एजेन्डा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार

कान्ति लोकपथमा पहिरो खस्यो: हेटौंडा-काठमाडौँ यातायात ठप्प

काठमाडौँ – ललितपुरको बागमती गाउँपालिका–४ पाङदुरमा पहिरो खसेपछि कान्ति लोकपथ