नेपालसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने चिनियाँ चाहना « Khabarhub

नेपालसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने चिनियाँ चाहना


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनले नेपालसँगको सम्बन्धलाई प्रगतिको नवीन मार्गमा अघि बढाउन चाहेको बताएको छ ।

राज्य परिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज बधाई सन्देश पठाएर दुई देशबीचको सम्बन्ध नयाँ ढङ्गले प्रवर्द्धन गर्न चाहेको बताएका हुन् ।

नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले आफ्ना विदेशमन्त्रीले परराष्ट्रमन्त्री खड्कालाई बधाई सन्देश पठाएको तथा चीन र नेपालबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन उनीसँग सहकार्य गर्न आफू इच्छुक रहेको सन्देशमा उल्लेख गरेको सामाजिक सञ्जालमा लेखेकी छिन् ।

सामाजिक सञ्जाल ट्विटरमा राजदूत हउले लेखेकी छिन्, “आज चीनका राज्य परिषद् सदस्य तथा विदेशमन्त्री श्री याङ यीले नेपालका नयाँ विदेशमन्त्री माननीय डा नारायण खड्कालाई बधाई सन्देश पठाउँदै चीन–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन आफ्ना समकक्षीसँग उहाँले सँगसँगै काम गर्ने तत्परता व्यक्त गर्नुभएको छ ।”

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ९ : ५३ बजे

बेपत्ता कर्मचारीमाथि कारबाही एक्सन सुरु, नार्कबाट सुरुवात

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बेपत्ता रहेका कर्मचारी

भवनमै सीमित बैतडीको ट्रमा सेन्टर

दशरथचन्द– यहाँ निर्मित ट्रमा सेन्टर जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेको

‘१०० दिनमै सरकार उम्लियो, पाँच वर्षसम्ममा पोखिन्छ’

काठमाडौं– प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते नेपालले

‘सञ्चारसम्बन्धी कानुन, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताबारे राष्ट्रिय बहसको आवश्यकता’

काठमाडौं– नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सञ्चारसम्बन्धी कानुन, प्रेस

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– आर्थिक वर्ष २०६१/६२ देखि निर्माण सुरु भएको सिक्टा सिँचाइ