दुर्घटनामा आमा–छोराको मृत्यु « Khabarhub

दुर्घटनामा आमा–छोराको मृत्यु


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- रुपन्देहीको सैनामैना नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा आज बिहान भएको दुर्घटनामा आमा र छोराको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीया राधा भट्टराई र उनका छोरा अन्दाजी १९ वर्षीय महेश भट्टराई रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिए ।

उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना८ख ४४११ नंको ट्रकले पैदल यात्रा गरिरहेका भट्टराई आमाछोरालाई ठक्कर दिएको थियो । सो दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

‘घटनाको विस्तृत अनुसन्धान हुँदैछ’, प्रहरी निरीक्षक रिजालले भने । – रासस

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ८ : ४० बजे

कान्ति लोकपथमा पहिरो खस्यो: हेटौंडा-काठमाडौँ यातायात ठप्प

काठमाडौँ – ललितपुरको बागमती गाउँपालिका–४ पाङदुरमा पहिरो खसेपछि कान्ति लोकपथ

प्रेस स्वतन्त्रता लोकतन्त्रको अभिन्न खम्बा हो : नेता आङदेम्बे

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं प्रमुख प्रतिपक्षी दलका संघीय

मुन्दुम ट्रेलमा लालीगुराँसको रौनक: पर्यटक लोभ्याउँदै १८ प्रजातिका गुराँस

खोटाङ – नेपाल सरकारले निर्धारण गरेको १०० पर्यटकीय गन्तव्यमध्येको एक

गायकवाडको कप्तानी इनिङ: मुम्बईमाथि चेन्नाईको ८ विकेट जित

चेन्नाई – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति भएको

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

हुम्ला – खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर