त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित १७ जना पक्राउ « Khabarhub

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित १७ जना पक्राउ


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित २ जना पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय टर्मिनलको पार्किङ क्षेत्रबाट १ सय ४९ दशमलव ५ ग्राम सुन जस्तो देखिने पहेँलो रंगको धातुको बाला ३ थान सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको सुन भए पनि त्यसको प्राविधिक परीक्षण भइनसकेकाले त्यसलाई प्रहरीले ‘सुन जस्तो देखिने पहेँलो धातु’ भनेको हो ।

पक्राउ पर्नेहरुमा भक्तपुर दुवाकोट बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका– ७ ठेगाना भएका ३३ वर्षीय समुन्द्र दंगाल र काठमाडौँ बुढानिलकण्ठ नगरपालिका– १२ बस्ने संखुवासभा खाँदबारी नगरपालिका–११ ठेगाना भएका ४३ वर्षीय सन्तबिर राई रहेका छन् ।

समुन्द्रले सिंगापुर एयरलाइन्सको उडानद्वारा मलेसियाबाट सिंगापुर हुँदै काठमाडौँ आएका यात्रुहरुलाई भन्सार छली गर्न उक्त परिमाणको धातु लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । सोधपुछको क्रममा उक्त कार्यमा राई समेतको संलग्नता रहेको भन्ने खुल्न आएपछि राईलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै ७ सय ५० ग्राम सुनको बाला १४ थान र सिक्री १ थान आइतबार प्रहरीले बरामद गरेको छ ।

सिंगापुर र मलेसियाबाट काठमाडौँ आएका यात्रुहरुलाई सुन बोकाई भन्सार छली गर्न लगाई काठमाडौँ विमानस्थलमा संकलन गर्न लागेको भन्ने सूचनाको आधारमा अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले बिमानस्थलको विभिन्न स्थानहरुबाट शंकास्पद १५ जना यात्रुहरुले सुनजस्तो देखिने पहेँलो धातुको बाला र सिक्री लिई आएको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो ।

थप अनुसन्धानको क्रममा निजहरुलाई उक्त धातुका बाला तथा सिक्री आफूहरुको नभई मलेसियाको विमानस्थल र आसपासबाट नामथर स्पष्ट नखुलाएका व्यक्तिहरुले दिई पठाएको र उक्त सामान काठमाडौं विमानस्थल आसपास तथा विभिन्न होटलहरुमा रिसिभ गर्न आउँने व्यक्तिलाई दिनु भनेर ल्याएको खुल्न आएपछि प्रहरीले उनीहरुको साथबाट उक्त परिमाणको धातु बरामद गरेको हो ।

;बरामद सुन जस्तो देखिने धातु तथा पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  १२ : १८ बजे

सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन

काठमाडौं– मुख्यसचिव सुमनराज अर्यालले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन– माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको विकल्पमा ढैँचा

जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन

काठमाडौं– सरकारले जलन उपचारलाई सहज र सर्वसुलभ बनाउने उद्देश्यसहित देशभरका

‘विस्थापित सुकुम्वासीले तीन महिनाभित्र लालपुर्जा पाउँछन्’

सरकारले काठमाडौँ उपत्यकाका विभिन्न नदीकिनारमा अवस्थित सुकुम्वासी वस्ती हटाएर त्यहाँ

रास्वपा सहमहामन्त्री हरि ढकालको उम्मेदवारी घोषणा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाले सहमहामन्त्री उम्मेदवारी घोषणा