बाढी पीडितलाई राहत माग गर्दै मुख्यमन्त्रीलाई कांग्रेसको ज्ञापन पत्र « Khabarhub

बाढी पीडितलाई राहत माग गर्दै मुख्यमन्त्रीलाई कांग्रेसको ज्ञापन पत्र


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– नेपाली कांग्रेस बुटवल नगरले बाढी र पहिरोका पीडितहरुलाई तत्काल राहत दिन माग गर्दै लुम्बिनी प्रदेश मुख्यमन्त्री कुलप्रसाद केसीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

मंगलबार कांग्रेसका नवनिर्वाचित बुटवल उपमहानगरपालिकाका सभापति खेलराज पाण्डे सहितको टोलीले मुख्यमन्त्री केसीलाई भेटेर बाढी र पहिरो प्रभावितका लागि प्रदेश सरकारले केही राहत तथा पुनःस्थापना प्रदान नगरेको भन्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

नगर समितिले बुटवलको ज्योतिनगर पहिरो तथा तिनाउ नदी कटान पीडितहरुका लागि उद्दार, राहत तथा पुनःस्थापनाको माग गरेको छ ।

कांग्रेसका नवनिर्वाचित नगरसभापति पाण्डेले घटना भएको एक महिना वितिसक्दा पनि सरकारले प्रभावितहरुका लागि केही राहत तथा पुनःस्थापना नगरेको भन्दै तत्काल राहतका कार्यक्रमहरु ल्याउन आग्रह गरे । उनले बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको ६ लेन सडक विस्तार, कालिका पथ सडक विस्तार तथा बेलबास बेथरी सडक विस्तारलाई समेत तिब्रता दिन आग्रह गरे ।

ध्यानाकर्षण पत्र बुझ्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पहिरो तथा बाढी प्रभावितका लागी राहत दिन सरकार प्रतिवद्ध रहेको बताए । उनले जिल्ला प्रशासन कार्यालयले पहिरो तथा बाढी प्रभावितहरुको तथ्याङ्क संकलन गरिरहेको बताउँदै दशैँ अघि नै राहत दिने गरी प्रदेश सरकारले तयारी थालेको बताए ।

भदौ १३ गते झरेको पहिरोले बुटवल–३ ज्योतिनगरका दर्जनौ घरपरिवार विस्थापित भएका छन् भने भदौ ११ गते आएको वर्षाले बुटवल–११, बुद्धनगरका आधा दर्जन बढी घर–परिवार घरबारविहीन बनेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  २ : ५४ बजे

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज २०८३ साल असार २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २७ गते शनिबार सन् २०२६

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको