अनुवांशिक अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस पुष्टि | Khabarhub Khabarhub

अनुवांशिक अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस पुष्टि


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस सङ्क्रमणको अनुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय (त्रिवि) जैविक प्रविधि केन्द्रीय विभागमा गरिएको अनुवांशिक अध्ययनमा सबैमा डेल्टा भाइरस भेटिएको हो ।

प्रयोगशालाका निर्देशक डा रुना झाले ४२ नमूनाको अनुवांशिक अध्ययन गरिएकोमा ४१ वटामा डेल्टा भाइरस र एक वटामा ‘क’ जीन नेगेटिभ भएको अल्फा भेरियन्ट देखिएको बताइन् ।

प्रयोगशालामा २६ र केन्द्रीय विभागमा १६ अनुवांशिक अध्ययन गरिएको थियो। एकचालिस नमूना भदौ र असोज तथा एउटा वैशाखमा सङ्कलन गरिएको थियो ।

राष्ट्रिय प्रयोगशालालाई विश्व स्वास्थ्य सङ्गठनले र केन्द्रीय विभागलाई वाशिङ्टन विश्वविद्यालयले प्राविधिक सहयोग गरेको थियो । निर्देशक डा झाले अब नेपालमै सङ्क्रमणको अनुवांशिक अध्ययन गर्न सकिने बताइन् ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ४ : ०७ बजे

निजी क्षेत्रलाई विद्युत् व्यापारको अवसर दिनुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् व्यापारमा अब निजी

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको

भारतमा यूपीआईको प्रयोग बढ्दो

काठमाडौं– भारतमा युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत हुने कारोबार ह्वात्तै