आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक सभामुखद्वारा प्रमाणीकरण | Khabarhub Khabarhub

आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक सभामुखद्वारा प्रमाणीकरण


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएका बजेट आश्रित दुईवटा विधेयक प्रमाणित गरेका छन् । आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ सापकोटाले मंगलबार प्रमाणीकरण गरेका छन् ।

सभामुखले प्रमाणीकरण गरेका ती विधेयक राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रमाणीकरणका लागि पठाइने संसद सचिवालयले जनाएको छ । राष्ट्रपतिबाट प्रमाणित भएपछि ती विधेयकले ऐनको रुप लिने छन् र कार्यान्वयनमा आउनेछन् ।

तत्कालीन ओली सरकारले अध्यादेशमार्फत ल्याएको चालु आर्थिक वर्षको बजेट संशोधन गर्न देउवा सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो । यसअघि विनियोजन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएर कार्यान्वयनमा आइसकेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ४ : ३८ बजे

सबैले आआफ्नो क्षेत्रबाट मुलुकका लागि दायित्य र जिम्मेवारी बहन गर्नुपर्छ : राधिका शाक्य

काठमाडौं – प्रथम महिला राधिका शाक्यले सबैले आआफ्नो क्षेत्रबाट मुलुकका

निजी क्षेत्रलाई विद्युत् व्यापारको अवसर दिनुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् व्यापारमा अब निजी

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको