विश्व रेविज दिवस मनाइयो « Khabarhub

विश्व रेविज दिवस मनाइयो


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व रेविज दिवस मंगलबार बिभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै नेपालमा पनि मनाइएको छ ।

हरेक वर्ष सेप्टेम्बर २८ मा मनाइने रेविज दिवस नेपालमा पनि ‘रेविज : तथ्य बुझौं, त्रसित नबनौं’ भन्ने नाराका साथ मनाइएको हो । दिवसका अवसरमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा पुगेर जनावरहरुको अवस्थामा बारेमा जानकारी लिएको थियो ।

बहुला कुकुरको टोकाइबाट मानिसमा सर्ने रेविज रोग विरालो, न्याउरीमुसा र स्यालको टोकाइबाट यो रोग सर्ने गर्दछ । नेपालमा अर्थिक वर्ष २०ं७६÷०७७ मा ५२ हजार जनालाई कुकुरले टोकेको महाशाखाको तथ्यांक रहेको महाशाखाका निर्देशक डा कृष्ण पौडेलले बताए ।

त्यस्तै रेविजका कारण हरेक बर्ष दुई देखि तीन जनाको मृत्यु हुने गरेको उनले बताए । बहुला वा शंकास्पद कुकुर वा जनावरले टोकेको खण्डमा तुरुन्तै सम्भव भएमा सावुन पानी वा सफा पानीले टोकेको भागमा ५ मिनेटसम्म राम्ररी सफा गरी घाउमा डिटोल आयोडिनको झोल लगाउनु रेविजको प्राथमिक उपचार रहेको डा पौडेलले बताए ।

नेपालका सबै जिल्ला अस्पताल र सरुवा रोग अस्पतालहरुबाट रेविजविरुद्धको खोप उपलब्ध रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ५ : ४७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना