परराष्ट्र मन्त्री खड्काको शपथ ग्रहण बदर गर्न माग गर्दै सर्वोच्चमा रिट | Khabarhub Khabarhub

परराष्ट्र मन्त्री खड्काको शपथ ग्रहण बदर गर्न माग गर्दै सर्वोच्चमा रिट


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्र मन्त्री नारायण खड्काले राष्ट्रपतिबाट लिएको शपथ बदर गर्न माग गर्दे सर्वोच्च अदालतमा रिट दायर भएको छ। खड्काले यही असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका थिए ।

अधिवक्ता विशाल न्यौपानेले शपथको कुनै ढाँचाबिना नै शपथ गराइएको भन्दै सो बदर गर्नुपर्ने जिकिर गर्दै रिट दायर गरेका हुन् । यसअघि पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गराएको शपथ ग्रहणमा प्रश्न उठेपछि अध्यादेशमार्फत शपथ ग्रहणको ढाँचा ल्याइएको थियो । तर, सो अध्यादेश अहिले निष्क्रिय भइसकेको छ ।

यता सरकारले शपथ ग्रहणसम्बन्धी कानून बनाउने तयारी गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शपथ ग्रहणसम्बन्धी विधेयक स्वीकृत गरेको थियो ।

 

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ६ : ०२ बजे

निजी क्षेत्रलाई विद्युत् व्यापारको अवसर दिनुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् व्यापारमा अब निजी

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको

भारतमा यूपीआईको प्रयोग बढ्दो

काठमाडौं– भारतमा युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत हुने कारोबार ह्वात्तै