सूचनामार्फत अध्यादेश खारेज गर्नु कानून विपरीत : ओली « Khabarhub

सूचनामार्फत अध्यादेश खारेज गर्नु कानून विपरीत : ओली


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् अधिवेशन चालु रहेको अवस्था सूचना निकालेर कुनै अध्यादेश फिर्ता वा खारेज हुन नक्ने बताएका छन् । मंगलबार काठमाडौंमा सम्पादकहरुसँगको छलफलका क्रममा ओलीले संसद् छलेर सूचनामार्फत अध्यादेश फिर्ता गरिनु कानून विपरीत रहेको जिकिर गरे ।

उनले यसअघि मध्यरातमा संसद् अधिवेशन अन्त्ये गर्दै राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर गठबन्धन सरकारले संसदीय मूल्यमान्यता भत्काएको र अहिले संसद् चालू रहेका बेला कानून विपरित फिर्ता गरिएको आरोप लगाए ।

ओलीले दूषित मनसायका साथ अध्यादेश ल्याएको टिप्पणी गरे । उनले संविधान, लोकतन्त्र र संसदीय परिपाटी भत्काएर सरकार अघि बढेको भन्दै सरकारले संविधान मिच्दा पनि सञ्चारमाध्यम चुप लागेर बसेको बताए ।

आफू प्रधानमन्त्री हुँदा निर्वाचन घोषणा गरेको भन्दै ओलीले प्रतिगमन शब्दको दुरुपयोग भएको उल्लेख गरे । उनले आफ्नो सरकार ५ वर्ष चलाउन जनादेश प्राप्त भए पनि बिचैमा छोड्नु परेकोमा आफ्नो ढंग नपुगेको पनि हुनसक्ने बताए ।

ओलीले आफू नेतृत्वको सरकारले असाधारण बिकासका लागि काम गरेकाले निर्वाचनमा जनतामाझ जान कुनै कठिनाइ नहुने तर्क गरे । ओलीले जहाज दुई पाइलटले चलाउँदा राम्रो हुने भए पनि पार्टी भने नचल्ने टिप्पणी गरे ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ७ : १९ बजे

बाढीमा फसेकाको उद्धारमा २२ वटा हेलिकप्टर परिचालन गरेका छौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा

बाढीपीडितलाई सघाउन यी तीन स्थानमा सम्पर्क गर्न सकिने

काठमाडौं– सरकारले भोटेकोशी बाढीपीडितलाई सघाउन राहत सामग्री संकलन गर्न तीन

भोटेकोसी बाढी प्रभावितको लागि एनसेल फाउन्डेसनद्वारा १ करोड सहयोग

काठमाडौं– हिजो बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको

नुवाकोटमा विद्युत् पुनः आपूर्ति

काठमाडौं– भोटेकोशीको बाढीबाट अवरुद्ध विद्युत् आपूर्ति सेवा पुनः सञ्चालन भएको छ

बाढी प्रभावित क्षेत्रमा १० ट्रक राहत सामग्री परिचालन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी