सूचनामार्फत अध्यादेश खारेज गर्नु कानून विपरीत : ओली « Khabarhub

सूचनामार्फत अध्यादेश खारेज गर्नु कानून विपरीत : ओली


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् अधिवेशन चालु रहेको अवस्था सूचना निकालेर कुनै अध्यादेश फिर्ता वा खारेज हुन नक्ने बताएका छन् । मंगलबार काठमाडौंमा सम्पादकहरुसँगको छलफलका क्रममा ओलीले संसद् छलेर सूचनामार्फत अध्यादेश फिर्ता गरिनु कानून विपरीत रहेको जिकिर गरे ।

उनले यसअघि मध्यरातमा संसद् अधिवेशन अन्त्ये गर्दै राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर गठबन्धन सरकारले संसदीय मूल्यमान्यता भत्काएको र अहिले संसद् चालू रहेका बेला कानून विपरित फिर्ता गरिएको आरोप लगाए ।

ओलीले दूषित मनसायका साथ अध्यादेश ल्याएको टिप्पणी गरे । उनले संविधान, लोकतन्त्र र संसदीय परिपाटी भत्काएर सरकार अघि बढेको भन्दै सरकारले संविधान मिच्दा पनि सञ्चारमाध्यम चुप लागेर बसेको बताए ।

आफू प्रधानमन्त्री हुँदा निर्वाचन घोषणा गरेको भन्दै ओलीले प्रतिगमन शब्दको दुरुपयोग भएको उल्लेख गरे । उनले आफ्नो सरकार ५ वर्ष चलाउन जनादेश प्राप्त भए पनि बिचैमा छोड्नु परेकोमा आफ्नो ढंग नपुगेको पनि हुनसक्ने बताए ।

ओलीले आफू नेतृत्वको सरकारले असाधारण बिकासका लागि काम गरेकाले निर्वाचनमा जनतामाझ जान कुनै कठिनाइ नहुने तर्क गरे । ओलीले जहाज दुई पाइलटले चलाउँदा राम्रो हुने भए पनि पार्टी भने नचल्ने टिप्पणी गरे ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ७ : १९ बजे

केन्द्रिकृत मानसिकताले परिणाम दिन सकिएन : मुख्यमन्त्री पाण्डे

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक र प्रशासनिक नेतृत्वको

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन

महोत्तरी– स्थानीय तह तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन

एनएमए निर्वाचन : डा. शाहीको उम्मेदवारी यथावत् राख्न जिल्ला प्रशासनको निर्देशन 

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल चिकित्सक संघ (एनएमए) को