कन्हैया कुमार कांग्रेसमा प्रवेश « Khabarhub

कन्हैया कुमार कांग्रेसमा प्रवेश


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय कम्युनिष्ट पार्टीका चर्चित नेता कन्हैया कुमार भारतीय कांग्रेसमा प्रवेश गरेका छन् । उनी मंगलबार कांग्रेसमा प्रवेश गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतको राजधानी दिल्लीस्थित कांग्रेस पार्टीको कार्यालयमा पूर्वअध्यक्ष राहुल गान्धीको उपस्थितिमा उनी कांग्रेस प्रवेश गरेका हुन् ।

कन्हैया कुमार भारतको जहवारलाल नेहरु विश्वविद्यालय (जेएनयू) का छात्रा संघको अध्यक्ष निर्वाचित भएपछि भारतमा चर्चित भएका थिए । उनी गत आम निर्वाचनमा भारतीय कम्युनिष्ट पार्टीको उम्मेदवारका रुपमा बिहारको बेगसुराय निर्वाचन क्षेत्रबाट चुनाव लडेका थिए । तर भाजपाका उम्मेदवारसँग पराजित भएका थिए ।

उनले सत्तारुढ भाजपाले देश बिगारेको र कांग्रेस बचेमात्र देश बच्ने भन्दै कांग्रेसमा प्रवेश गरेको प्रतिक्रिया दिएका छन् । उनले कांग्रेसले नै महात्मा गान्धीको विचारलाई अगाडि बढाउने भन्दै त्यसैले आफू कांग्रेसमा सामेल भएको बताएका छन् ।

कन्हैया कुमारसँगै मंगलबार अर्का चर्चित युवा नेता गुजरातका विधायक जिग्नेश मेडवाणी पनि कांग्रेस प्रवेश गरेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ८ : ०० बजे

इरान युद्धले तेल बजारमा ‘ओपेक प्लस’को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी

जेनेभा- इरान युद्धका कारण तेल आपूर्ति अवरुद्ध भएपछि विश्व बजारमा

पार्टी कार्यालय अगाडि रास्वपा बाराका नेता कार्यकर्ताहरूको धर्ना 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा कलैया उपमहानगरपालिकाका

बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिवेशनमार्फत १८ जिल्लामा नयाँ कार्यसमिति

बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिवेशनमार्फत १८ जिल्लामा नयाँ कार्यसमिति

‘सरकारले शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित काम गरिरहेको छ’

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकारले शासकीय