विश्वभर दैनिक थपिनेभन्दा कोरोनामुक्त हुने धेरै, मृत्यु कति? « Khabarhub

विश्वभर दैनिक थपिनेभन्दा कोरोनामुक्त हुने धेरै, मृत्यु कति?


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख १० हजार ९५१ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार अमेरिकामा ९४ हजार ४३६, बेलायतमा ३४ हजार ५२६, टर्कीमा २१ हजार ५५९ र भारत र रसियामा करिव उस्तै क्रमश २१ हजार ९०१ तथा २१ हजार ५५९ जना संक्रमितको पहिचान भएको हो । त्यसैगरी ब्राजिलमा १५ हजार ३९५ जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा ७ हजार ८०४ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पनि अमेरिकामा सबैभन्दा धेरै १ हजार ७७९, रुसमा ८५२, ब्राजिलमा ८१८ र भारतमा ३७५ जना रहेका छन् । यसैगरी टर्कीमा २३९ र बेलायतमा १६७ जना संक्रमितको मृत्यु भएको छ ।

आज थपिनेभन्दा कोरोनामुक्त हुनेको संख्या धेरै छ । ४ लाख ८६ हजार १७० जना संक्रमणमुक्त भएको जनाइएको छ । जसमा अमेरिकामा ८४ हजार १५१, भारतमा २९ हजार ९००, ब्राजिलमा २२ हजार ५२ र बेलायतमा ३६ हजार २३९ जना निको भएका छन् ।यस्तै रुसमा १७ हजार र टर्कीमा ३० हजार वढी कोरानामुक्त भएका छन्।

कुल संक्रमित २३ करोड ३५ लाख ३ हजार ४९० जनामध्ये हालसम्म २१ करोड, २ लाख ८९ हजार २६८ जना कोरोनामुक्त भइसकेका छन् । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या भने ४७ लाख ७७ हजार ६७६ रहेको छ ।

 

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ७ : ०१ बजे

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस

ट्रेन्ड र कन्टेन्टको अभाव पहिचान गर्न टिकटकको क्रिएटर इन्साइट्स विशेष फिचर

काठमाडौं– हामीमध्ये धेरैले कुनै न कुनै समयमा कन्टेन्ट क्रियट गर्ने

ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

गुल्मी– स्थानीय परिकारको मौलिक स्वादसँगै गाउँको रहनसहन र परम्परागत कला–संस्कृतिको

अनुदानको रकम हिनामिनामा अख्तियारद्वारा मुद्दा दायर

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको कुशे गाउँपालिका-२ स्थित