दुई महिनामा ४० अर्ब राजस्व सङ्कलन « Khabarhub

दुई महिनामा ४० अर्ब राजस्व सङ्कलन


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- मुलुककै सबैभन्दा ठूलो भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा चालु आर्थिक वर्ष २०७८-७९ को हालसम्म कूल रु ४० अर्ब ६५ करोड राजस्व सङ्कलन भएको छ । कार्यालयका अनुसार चालु आवको साउन १ देखि असोज १० गते (हालसम्म)को वितरणअनुसार सो बराबरको राजस्व सङ्कलन गर्न कार्यालय सफल भएको हो ।

कार्यालयका अनुसार चालु आवमा रु एक खर्ब ९८ करोड १८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा हालसम्म वार्षिक लक्ष्यको २० दशमलव पाँच प्रतिशत लक्ष्य पूरा भएको कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए। चालु आवको गत साउन र भदौ गरी दुई महिनामा रु २७ अर्ब ५३ करोड ६९ लाख ३९ हजार लक्ष्य पाएकामा करिब रु पाँच अर्ब बढी आर्थात् रु ३२ अर्ब ५३ करोड राजस्व सङ्कलन भएको देखिन्छ । यो लक्ष्यभन्दा करिब १८ प्रतिशतले बढी हो ।

गत आव २०७७-७८ को सोही अवधिमा लक्ष्यको तुलनामा जम्मा ९५ प्रतिशत मात्र राजस्व सङ्कलन भएको थियो । त्यसबेला रु १७ अर्ब १९ करोड ९९ लाख ६१ हजार राजस्व लक्ष्य पाएकामा रु १६ अर्ब ४० करोड ७० लाख ८२ हजार राजस्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत पौडेलले बताए ।

वीरगञ्ज नाकाबाट डिजेल, पेट्रोल, सवारी साधन, एलपी ग्यास, सोयाबिन, पाम, सूर्यमुखीको कच्चा तेल, एमएस बिलेट, एचआर सिट, एचआर स्ट्रिप्स, भटमास, पोलिथिन दाना, मोबिल लुब्रिकेन्ट्स, तयारी कपडा, बस ट्रकका चेचिसलगायत सामानको आयात हुँदै आएको छ । सो नाकाबाट दैनिक करिब ८०० ट्रकमा सामान आयात हुने गरेको छ भने करिब १०० ट्रकमा सामग्री निर्यात हुने गरेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ७ : २५ बजे

मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

काठमाडौं– मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय

नेपाललाई सहयोग गर्ने बलिउड कलाकारको प्रतिबद्धता

काठमाडौं – रसुवाको विनाशकारी बाढीमा प्रभावितहरूलाई विदेशी कलाकारहरूले समेत सहानुभूति

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक प्रकोप प्रभावितलाई ३ करोड ३९ लाख बराबरको सहयोग

काठमाडौं– कुमारी बैंक लिमिटेडले हाल देशका विभिन्न जिल्लाहरूमा आएको बाढी

तनहुँमा ९८४ मेट्रिक टन खायन आलु उत्पादन

दमौली– तनहुँमा खायन जातको आलु उत्पादन बढ्न थालेको छ ।

चितवनमा भरियो शवगृह, त्रिपालमुनि शव, पहिचान केन्द्र तयार पारिँदै 

चितवन– चितवनमा रसुवा बाढीमा परेर ज्यान गुमाएकाको शव राख्ने ठाउँ नै