‘हाइपरसोनिक’ क्षेप्यास्त्र प्रक्षेपण गरेको उत्तर कोरियाको दाबी « Khabarhub

‘हाइपरसोनिक’ क्षेप्यास्त्र प्रक्षेपण गरेको उत्तर कोरियाको दाबी


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- उत्तर कोरियाले मङ्गलवार ‘हाइपरसोनिक’ क्षेप्यास्त्रको सफल परीक्षण गरेको जनाएको छ ।

सो क्षेप्यास्त्र हालसालै उत्तर कोरियामा निर्माण भएको उत्तर कोरियाली सरकारी समाचार समिति केसिएनएले जानकारी दिएको हो ।

‘ह्वासङ्-८’ नाम दिइएको नयाँ क्षेप्यास्त्र उत्तर कोरियाको पाँच वर्षे सैन्य विकास योजना अन्तर्गत तयार गरिएका ‘महत्त्वपूर्ण पाँच हतियार’ प्रणाली मध्ये एक भएको सरकारी सञ्चार माध्यमहरूले जनाएका छन्।

उनीहरूले नयाँ क्षेप्यास्त्र ‘रणनीतिक हतियार’ भएको जनाएका छन्। जस अन्तर्गत साधारणतया आणविक क्षमताका हतियारहरू भन्ने बुझिन्छ।

साधारण क्षेप्यास्त्र भन्दा ‘हाइपरसोनिक’ क्षेप्यास्त्रले तीव्र र थप लक्ष्य भेदन गर्न सक्ने क्षमता हुने भएकाले क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट रोक्न कठिन हुने बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  २ : १० बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले