मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न देउवाले डाके गठबन्धनको बैठक | Khabarhub Khabarhub

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न देउवाले डाके गठबन्धनको बैठक


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको छलफल गर्न बिहीबार सत्तारुढ गठबन्धनको बैठक डाकेका छन् ।

जसपाका नेता उपेन्द्र यादवले बिहीबार गठबन्धनको बैठक बस्ने जानकारी आएको बताए । बिहीबारको छलफलले कुन मन्त्रालय कसले पाउने भन्ने निर्क्यौलपछि सम्भवत भोलि नै नत्र शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने उनले बताए ।

देउवाले आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका थिए । छलफलमा देउबाले मन्त्री हुनेको नाम दिन दाहाललाई आग्रह गरेका थिए । जवाफमा दाहालले आज बस्ने पार्टीको स्थायी कमिटी बैठकपछि मन्त्री हुनेको नाम दिने बताएको देउवानिकट स्रोतले जनाएको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नबनाइ मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिइसकेको छ ।

गठबन्धनमा कांग्रेसले ७, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले ५-५ मन्त्रालय राख्ने सहमति भइसकेको छ । तर, कुन मन्त्रालय कसले लिने भन्नेमा सहमति हुन सकेको छैन ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  २ : ३१ बजे

मेची भन्सार कार्यालयबाट आयात र निर्यात दुवै घट्यो

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को पहिलो महिना साउनमा

यी भूभागमा हावाहुरी र भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शिक्षाका लागि बाहिरियो एक खर्ब ३८ अर्ब

काठमाडौं– देशभित्र उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था

सुन्दरताले भरिपूर्ण ‘दिज गाउँ’ ओझेलमा

बागलुङ– वरिपरि घना जङ्गल । छेउमै सुसाउने उत्तरगङ्गा नदी ।

जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले जग्गा विकास र भवन निर्माणसँग सम्बन्धित