प्रचण्डको ब्रिफिङ : सत्ता गठबन्धनको बैठकपछि मन्त्रिपरिषद पूर्ण हुन्छ « Khabarhub

प्रचण्डको ब्रिफिङ : सत्ता गठबन्धनको बैठकपछि मन्त्रिपरिषद पूर्ण हुन्छ


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)को संगठन विभागले पार्टीको संगठन व्यवस्थित र विस्तार गर्ने योजनासहितका सुझाव स्थायी कमिटी बैठकमा पेस गरेको छ ।

बुधबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा संगठन विभाग प्रमुख जनार्दन शर्माले संगठन व्यवस्थित र विस्तार गर्ने योजनासहितको सुझाव पेस गरेको नेता देवप्रसाद गुरुङले जानकारी दिए ।

‘संगठनलाई अझ व्यवस्थित पार्नका लागि संगठन विभागबाट सुझाव आएको छ । कसरी संगठन व्यवस्थित पार्ने र विस्तार गर्ने भन्नेबारे योजना पनि पेस भएका छन्,’ उनले भने । ती प्रस्ताव स्थायी कमिटीले स्वीकार गरेको पनि गुरुङले जानकारी दिए । पुस ११ देखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि संख्याबारे पनि बैठकमा छलफल भएको बताइएको छ ।

यसैगरी विभिन्न समयमा भएका पार्टी एकताका आधारमा संगठनमा समेट्न छुटेका नेताहरुको समायोजनाका लागि गठित कार्यदलले सुझाव पेश गरेको र कार्यान्वयनमा लैजाने निर्णय भएको नेता गुरुङले बताए । त्यस्तै पार्टीको स्कुल विभाग सम्बन्धी व्यवस्थाका बारेमा केही योजनाहरु बैठकमा पेश भएको र अध्ययन गरेर टुङ्गो लगाउने निर्णय भएको उनले बताए ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार सत्ता गठबन्धनको बैठक बस्नेबारे ब्रिफिङ गरेको नेता पुनले बताए । कानुनी अवरोधले मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको भन्दै उनले अब बिहीबार गठबन्धनको बैठक बसेर मन्त्रिमण्डललाई पूर्णता दिने तयारी भएको जनाए ।

स्थायी कमिटी सदस्यसमेत रहेका गुरुङले मन्त्रालयको भागबण्डा मिलेपछि मात्रै पार्टीबाट मन्त्री हुनेको नाम टुंगो लाग्ने जानकारी दिए ।

यसैगरी गुरुङले एमालेले सदन अवरुद्ध गरेको अवस्थामा विपक्षीसंग सरकारको तर्फबाट छलफल गरेर संसदको प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ५ : ३८ बजे

मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

काठमाडौं– मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय

नेपाललाई सहयोग गर्ने बलिउड कलाकारको प्रतिबद्धता

काठमाडौं – रसुवाको विनाशकारी बाढीमा प्रभावितहरूलाई विदेशी कलाकारहरूले समेत सहानुभूति

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक प्रकोप प्रभावितलाई ३ करोड ३९ लाख बराबरको सहयोग

काठमाडौं– कुमारी बैंक लिमिटेडले हाल देशका विभिन्न जिल्लाहरूमा आएको बाढी

तनहुँमा ९८४ मेट्रिक टन खायन आलु उत्पादन

दमौली– तनहुँमा खायन जातको आलु उत्पादन बढ्न थालेको छ ।

चितवनमा भरियो शवगृह, त्रिपालमुनि शव, पहिचान केन्द्र तयार पारिँदै 

चितवन– चितवनमा रसुवा बाढीमा परेर ज्यान गुमाएकाको शव राख्ने ठाउँ नै