मोटरसाइकल पुलबाट नदीमा खस्दा तीन जनाको मृत्यु | Khabarhub Khabarhub

मोटरसाइकल पुलबाट नदीमा खस्दा तीन जनाको मृत्यु


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धनुषामा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

औरहीबाट जनकपुर आउँदै गरेको मोटरसाइकलमा दुर्घटनामा तीन जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए ।

जनकपुरधाम उपमहानगरपालिका १८ भोइलस्थित जलाद नदीको पुलबाट ज ९ प १९८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर नदीमा खसेको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक न्यौपानेका अनुसार सडक सतहभन्दा अग्लो पुलबाट खस्दा मोटरसाइकलमा सवार तीनै जनाको घटनास्थलमा मृत्यु भएको हो । मृतकहरुको पहिचान खुलेको छैन ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ६ : ३० बजे

कृषि र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न दुईवटा संसदीय समितिको बैठक

प्रतिनिधिसभा बैठक बस्दै, संवैधानिक परिषद विधेयकमा राष्ट्रपतिको सन्देश जानकारी गराइने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । बैठक

रुट र ब्रुकको शतक : जितका लागि इंग्ल्यान्डलाई ३५ रन, भारतलाई चार विकेट आवश्यक

काठमाडौं – भारतविरुद्धको पाँचौँ तथा अन्तिम टेस्टमा इंग्ल्यान्ड जितको नजिक

देशभर वर्षाको सम्भावना, यी भूभागमा ठूलो पानी पर्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एक वर्षमा तीन करोडको लागुऔषध बरामद

महोत्तरी – बर्दिवासस्थित लागुऔषध नियन्त्रण ब्युरोे शाखाले गत आर्थिक वर्षमा