पार्टीको मौलिक सिद्धान्त जोगाउन नेतृत्व परिवर्तन आवश्यक : नेता सिंह « Khabarhub

पार्टीको मौलिक सिद्धान्त जोगाउन नेतृत्व परिवर्तन आवश्यक : नेता सिंह


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको मौलिक सिद्धान्त बचाई राख्न नेतृत्व परिवर्तन आवश्य रहेको बताएका छन् ।

बुधबार नेपाली कांग्रेस काठमाडौँ ३२ वडाका नवनिर्वाचित कांग्रेस पदाधिकारीलाइ बधाई दिन आयोजित कार्यक्रममा नेता सिंहले पार्टीप्रति जनताको भरोसा र विश्वास जोगाइराख्न पनि नेतृत्व परिवर्तन जरुरी रहेको बताएका हुन् ।

उनले वर्तमान नेतृत्वले अलोकतान्त्रिक गतिविधीहरु गरिरहेको र यसले पार्टीको मौलिक सिद्धान्तलाई असर गरिरहेको आरोप लगाए ।

उनले पार्टी नेतृत्वले आगामी महाधिवेशन अलोकतान्त्रिक तवरले गर्ने प्रयास गरेको भन्दै आफूहरुले त्यसो हुन नदिने स्पष्ट पारे । पदका लागि तीव्र प्रतिस्पर्धा हुने तर पदमा पुगेपछि जिम्मेवारीबाट पछि हट्ने नेताको प्रवृत्तिले पार्टीलाई अप्ठ्यारोमा पारेको उनले बताए ।

उनले लोकतन्त्र र काँग्रेस एकै सिक्काका दुई पाटा भएको बताउँदै पार्टी भित्र पनि लोकतन्त्रको आन्तरिक अभ्यास हुन जरुरी भएको बताए ।

आगामी महाधिवेशनमा नेतृत्वको विषयमा छलफल भइरहेको र आफू नेतृत्वको लागि तयार रहेको धारणा राखे । आगामी महाधिवेशनमा कसैको प्रलोभनमा नपर्न समेत उनले कार्यकर्तालाई आग्रह गरे ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ६ : ४७ बजे

चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ

काठमाडौं- चीनको जलस्रोत मन्त्रालयले नेपालको छोचेन खोला र पुरेपु त्साङ्पो

मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

काठमाडौं– मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय

नेपाललाई सहयोग गर्ने बलिउड कलाकारको प्रतिबद्धता

काठमाडौं – रसुवाको विनाशकारी बाढीमा प्रभावितहरूलाई विदेशी कलाकारहरूले समेत सहानुभूति

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक प्रकोप प्रभावितलाई ३ करोड ३९ लाख बराबरको सहयोग

काठमाडौं– कुमारी बैंक लिमिटेडले हाल देशका विभिन्न जिल्लाहरूमा आएको बाढी

तनहुँमा ९८४ मेट्रिक टन खायन आलु उत्पादन

दमौली– तनहुँमा खायन जातको आलु उत्पादन बढ्न थालेको छ ।