महिलाको चरित्रहत्या गरेको आरोपमा चार जना युट्युबर पक्राउ | Khabarhub Khabarhub

महिलाको चरित्रहत्या गरेको आरोपमा चार जना युट्युबर पक्राउ


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युट्युब च्यानल सञ्चालन गरी तस्वीरसहितको सामग्री (भिडियो अन्तरवार्तासमेत) प्रसारण गरी महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले चार जना युट्युबरलाई आज पक्राउ गरेको छ ।

महिलाको इज्जत प्रतिष्ठामा आँच पुर्‍याइ घृणा फैलाउने सामग्री प्रसारण गरी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

पक्राउपर्नेमा दैनिकखबर युट्युब च्यानलका सञ्चालक दाङ तुलसीपुर उपमहानगरपालिका १७ घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने २१ वर्षीय प्रदीप भण्डारी र हरेकपलको खबर युट्युबका सञ्चालक नुवाकोट सूर्यगढी गाउँपालिका घर भई काठमाडौँको नेपालटार बस्ने २७ वर्षीय शिशिर अधिकारी रहेका ब्युरोले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।

यस्तै सराइचुली युट्युब च्यानलका सञ्चालक मोरङ बेलबारी नगरपालिका–९ घर भई काठमाडौँको पेप्सिकोला बस्ने ३५ वर्षीय पिङ्कला कार्की र मोर्डन अनलाइन टिभीका सञ्चालक दोलखा मेलुङ घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने २४ वर्षीय रोधन तामाङ पनि पक्राउ परेका ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए ।

पक्राउ परेका उनीहरुमाथि आजै काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको ब्युरोले जनाएको छ । ब्युरोमा परेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको छ ।

पछिल्लो समयमा युट्युब च्यालनका सामग्रीमाथि धेरै प्रश्न उठ्ने गरेको छ । कतिपय यस्ता च्यानलले प्रसारण गर्ने सामग्रीमा स्रोतको उल्लेख नहुने गरेको, सत्यतथ्यमा आधारित नरहेको तथा मानिसको चरित्रहत्या गर्ने र व्यक्तिगत विषयसमेत सञ्चारमाध्यामबाट सार्वजनिक गर्ने गरेको प्रहरीले जनाएको छ । पत्रकार आचारसंहिताकोसमेत ख्याल नगरिएकोसमेत पाइएको जनाइएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ७ : २५ बजे

कृषि र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न दुईवटा संसदीय समितिको बैठक

प्रतिनिधिसभा बैठक बस्दै, संवैधानिक परिषद विधेयकमा राष्ट्रपतिको सन्देश जानकारी गराइने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । बैठक

रुट र ब्रुकको शतक : जितका लागि इंग्ल्यान्डलाई ३५ रन, भारतलाई चार विकेट आवश्यक

काठमाडौं – भारतविरुद्धको पाँचौँ तथा अन्तिम टेस्टमा इंग्ल्यान्ड जितको नजिक

देशभर वर्षाको सम्भावना, यी भूभागमा ठूलो पानी पर्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एक वर्षमा तीन करोडको लागुऔषध बरामद

महोत्तरी – बर्दिवासस्थित लागुऔषध नियन्त्रण ब्युरोे शाखाले गत आर्थिक वर्षमा