पर्यटकीय क्षेत्रको अध्ययन गर्न कार्यदल बनाइने « Khabarhub

पर्यटकीय क्षेत्रको अध्ययन गर्न कार्यदल बनाइने


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले पर्यटकीय क्षेत्रलाई सहज र व्यवस्थित रुपमा सञ्चालनका लागि अध्ययन गर्न कार्यदल बनाउने बताएका छन् ।

बुधबार सिंहदरबारमा पर्यटकीय क्षेत्र ठमेलका पर्यटन व्यवसायी, होटल तथा रेष्टुरा व्यवसायीसँग भएको छलफलका क्रममा पर्यटकीय क्षेत्रलाई सहज रुपमा सञ्चालनका लागि देखिएका समस्या समाधानका लागि अध्ययन गर्न कार्यदल बनाउने बताएका हुन् ।

उनले आफू पर्यटकिय क्षेत्रलाई २४ सै घण्टा संचालन गर्नदिने पक्षमा रहेको तर्क गरे । रात्रिकालिन व्यवसायलाई सम्मानित व्यवसायमा रुपान्तरण गर्दै सहज रुपमा सञ्चालन हुनुपर्ने उनको भनाइ छ । वर्तमान सरकार पर्यटन व्यवसायीमैत्री रहेको र यस क्षेत्रलाई जोगाउनुपर्ने उनले बताए ।

कार्यक्रममा व्यवसायीहरुले कोरोना महामारीपछि पर्यटकीय क्षेत्र ठमेलमा निकै समस्या देखिएको र यसलाई समाधान गर्दै सहज रुपमा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन गृहमन्त्रीको ध्यानाकर्षण गराए ।

 

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  १० : ३० बजे

भोटेकोशीको बाढी : रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन

रोल्पा– भोटेकोशीको बाढीमा परी रोल्पाका  १६ व्यक्ति सम्पर्कविहीन भएका छन्

सञ्चारमाध्यम र सर्वसाधारणलाई सरकारको अपिल : संवेदनशील तस्बिर र भिडियो प्रसारण-प्रकाशन नगर्नू

काठमाडौं- सूचना तथा सञ्चार मन्त्रालयले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २८९ पुग्यो, नदी किनारमा बेपत्ताको खोजी जारी

काठमाडौं– रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा फेला

विदेशबाट पनि प्रधानमन्त्री राहतकोषमा सिधै जम्मा गर्न सकिने

काठमाडौं – विदेशमा रहेका नेपाली तथा अन्य इच्छुक व्यक्तिले अब प्रधानमन्त्री

भोटेकोशी बाढी : महोत्तरीका १० जना सम्पर्कविहीन

महोत्तरी– भोटेकोशीको बाढीसँगै महोत्तरीका १० जना सम्पर्कविहीन भएका छन् ।