चीनमा अध्ययन गरी इन्टर्नसिप गर्न नपाएका विद्यार्थीद्वारा विरोध प्रदर्शन « Khabarhub

चीनमा अध्ययन गरी इन्टर्नसिप गर्न नपाएका विद्यार्थीद्वारा विरोध प्रदर्शन


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनका विभिन्न विश्वविद्यालयबाट एमबीबीएस अध्ययन गरेर कोरोना महामारीको समयमा नेपाल आएका इन्टर्नसिप गर्न नपाएका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।

सन् २०१५ र २०१६ ब्याजका विद्यार्थीहरुलाई सरकारले नेपालमै इन्टर्नसिपको व्यवस्था मिलाइदिनुपर्ने माग राख्दै बुधबार माइतीघर मण्डलामा विरोध प्रर्दशन गरेका हुन् । सैद्धान्तिक अध्ययन सकिए पनि प्रयोगात्मक अभ्यास गर्न नपाउँदा भविष्य अन्योलमा परेको विद्यार्थीहरुको भनाइ छ ।

सन् २०१४ ब्याजका विद्यार्थीहरुले २ वर्ष खेर फालेकाले सन् २०१४ र २०१६ ब्याजका विद्यार्थीहरुले त्यति नै समय खेर फालेपछि मात्र इन्टर्नसिप गर्न दिने धारण नेपाल मेडिकल काउन्सिलकाको रहेको उनीहरुको आरोप छ ।

सरकारले चीनमा पठाउने वातावरण सिर्जना गरे आफूहरु इन्टर्नसिप गर्न चीन जान तयार रहेको पनि विद्यार्थीहरुले बताएका छन् । विरोधमा उत्रिएका एक विद्यार्थीले भने,‘ हामीले अध्ययन गरेका विश्वविद्यालयले तत्काल चीन आएर इन्टर्नसिप गर्ने अवस्था नरहेको बताएकाले नेपालमा इन्टर्नसिपको व्यवस्था गरिदिन सरकारसँग माग गरेका हौँ । सरकारले चीन जाने वातावरण सिर्जना गरिदिए हामी जान तयार छौँ ।

तर इन्टर्नसिपको नाममा सरकारले विद्यार्थीहरुको भविष्य अन्योलनमा पार्न नहुने उनीहरुको भनाइ छ । सबै विद्यार्थीको ६ महिनादेखि १ वर्षको समय खेर गैसकेकाले सरकारले जतिसक्दो चाँडो इन्टर्नसिपको व्यवस्था मिलाउनुपर्ने उनीहरुको माग छ ।

त्यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले हिजो एक सूचना जारी गर्दै सन् २०१५ को ब्याजमा भर्ना भई हालसम्म सैद्धान्तिक अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई नेपालमा प्रयोगात्मक अभ्यास पूरा गनर्का लागि अनलाइन आवेदन भर्न भनी सूचना जारी गरेको छ ।

मन्त्रालयको उक्त सूचनाले सबै विद्यार्थीहरुलाई नसमेटिएको विद्यार्थीहरुको आरोप छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ८ : ४३ बजे

मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

काठमाडौं– मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय

नेपाललाई सहयोग गर्ने बलिउड कलाकारको प्रतिबद्धता

काठमाडौं – रसुवाको विनाशकारी बाढीमा प्रभावितहरूलाई विदेशी कलाकारहरूले समेत सहानुभूति

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक प्रकोप प्रभावितलाई ३ करोड ३९ लाख बराबरको सहयोग

काठमाडौं– कुमारी बैंक लिमिटेडले हाल देशका विभिन्न जिल्लाहरूमा आएको बाढी

तनहुँमा ९८४ मेट्रिक टन खायन आलु उत्पादन

दमौली– तनहुँमा खायन जातको आलु उत्पादन बढ्न थालेको छ ।

चितवनमा भरियो शवगृह, त्रिपालमुनि शव, पहिचान केन्द्र तयार पारिँदै 

चितवन– चितवनमा रसुवा बाढीमा परेर ज्यान गुमाएकाको शव राख्ने ठाउँ नै