इक्वेडर कारागार झडप : मृतक संख्या एक सय नाघ्यो « Khabarhub

इक्वेडर कारागार झडप : मृतक संख्या एक सय नाघ्यो


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  इक्वेडरको एक कारागारमा भएको झडपमा मृत्यु हुनेको संख्या एक सय नाघेको छ ।

कारागारमा राखिएका कैदीहरुबीच भएको झडपमा मृत्यु हुनेको संख्या ११६ पुगेको हो । अरु ५० भन्दा बढी घाइते भएका छन् ।

घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार समुन्द्रीय तटीय नगर गाकुइलमा रहेको जेलमा सो झडप भएको थियो । सो क्रममा ५ जना टाउको काटिएको अवस्थामा फेला परेको बीबीसीले जनाएको छ ।

उक्त जेलमा विश्वव्यापी सञ्जाल रहेको एउटा लागु औषध गिरोहका सदस्यहरूलाई राखिएको थियो। स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार कारागारभित्रको सो घटनामा शक्तिशाली मेक्सिकन लागुऔषध तस्करहरूको गिरोहको संलग्नता खुलेको छ ।

घटनापछि चार सय प्रहरी त्यहाँ परिचालन गरिएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ८ : ५४ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।