अर्थोपेडिक अस्पताललाई स्वास्थ्य सामग्री सहयोग | Khabarhub Khabarhub

अर्थोपेडिक अस्पताललाई स्वास्थ्य सामग्री सहयोग


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ट्रान्स हिमालयन फ्रेन्डसिप सोसाइटी नेपालले काठमाडौँको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री सहयोगस्वरुप प्रदान गरेको छ ।

सो सोसाइटीका अध्यक्ष प्रा डा राजीवकुमार झाले उक्त अस्पतालका मेडिकल निर्देशक डा युवराज खरेललाई आज ती सामग्री उपलब्ध गराउनुभएको हो । प्रदान गरिएका सामग्रीमा तीन वटा अक्सिजन कन्सन्ट्रेटर, स्यानिटाइजर उत्पादन गर्ने र डिस्इन्फेक्सन गर्ने मेसिनलगायत स्वास्थ्य सामग्री रहेका छन् ।

सो सोइसाइटीका अध्यक्ष एवं चीनको सियान मेडिकल विश्वविद्यालयका प्राध्यापक डा झाले नेपालमा कोरोना भाइरसको प्रकोप बढेपछि उक्त सोसाइटीले नेपालका विभिन्न सङ्घसंस्था एवं अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको बताउँदै गैरनाफामूलक संस्थाका रुपमा सेवा गर्दै आएको यस अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताए ।

मेडिकल निर्देशक डा खरेल र उपनिर्देशक डा कैलाश भण्डारीले सो सोसाइटीलाई धन्यवाद ज्ञापन गर्दै नेपालमा कोरोना भाइरसको प्रकोप नहटिसकेका अवस्थामा उक्त सोसाइटीमार्फत प्राप्त यी महत्वपूर्ण स्वास्थ्य सामग्री यस अस्पतालका लागि अमूल्य सहयोग भएको बताए ।

विसं २०५५ मा गैरनाफामूलक संस्थाका रुपमा स्थापना भएको यस अस्पताल अहिले एक च्यारिटेबल संस्थाका रुपमा सञ्चालनमा छ । एक सय श्यया रहेको यस अस्पतालमा विशेषगरी हाडजोर्नीका बिरामीहरुको उपचार हुने गरेको छ ।

यस अस्पतालले हाडजोर्नीसम्बन्धी प्रायः सबै खालको उपचार सेवा प्रदान गर्दै आएको छ । डा भण्डारीले नेपालमा हाडजोर्नीको समस्या भएका गरिब तथा असहाय नागरिकलाई च्यारिटीमार्फत सहयोग उपलब्ध गराउन एक सहायता कोषको स्थापना गर्न सकिएमा धेरैलाई सहायता पुग्ने धारणा राखे ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  १० : ३० बजे

इजरायली आक्रमणबाट इरानमा को–को मारिए ?

काठमाडौं- शुक्रबार सबेरै इजरायलले इरानी भूमिलाई लक्षित गरी आक्रमण गरेको

रानीपोखरीमा यसरी गरियो उद्धार अभ्यास (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको रानीपोखरीमा आयोजित जल प्रकोप खोज तथा कृत्रिम उद्धार

इजरायलतर्फ इरानले हान्यो एक सयभन्दा धेरै ड्रोन

काठमाडौं– इजरायलले आफ्नो भूमिलाई लक्षित गरी सञ्चालन गरेको आक्रमणको बदला

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड

काठमाडौं– वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि श्रम,

बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध

राँझा– राप्ती सोनारी गाउँपालिका–९ भएर बग्ने झिझरी खोलाको बाढीबाट बस्ती