आगामी तीन दिनको मौसम : हल्कादेखि भारी वर्षाको सम्भावना   « Khabarhub

आगामी तीन दिनको मौसम : हल्कादेखि भारी वर्षाको सम्भावना  


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको झारखण्ड र आसपासतिर बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव र मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेकोले हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाअनुसार अहिले गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागले आज (शुक्रवार) बिहान आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै दिउँसो देशभर सामान्य बदली रही प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र अरू प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

राती देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश २ का धेरै र अरू प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

भोलि (शनिवार) दिउँसो देशभर सामान्य बदली रही प्रदेश २ का धेरै र अरू प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

शनिवार राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश २ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

विभागअनुसार पर्सी (आइतबार) दिउँसो देशभर सामान्य बदली रही प्रदेश १,२, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १ र २ का थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

उक्त स्थानहरूका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ७ : ०५ बजे

छानबिन नसकिँदासम्म बसपार्कको जग्गामा दाबी नगर्न महानगरको आग्रह

कास्की – पोखरा महानगरपालिकाले पस्तावित पोखरा बसपार्कभित्रको जग्गाका बारेमा छानबिन

सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन

काठमाडौं – प्रतिनिधिसभामा गत जेठ १७ गते उत्पन्न परिस्थितिसम्बन्धी अध्ययनका

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं – राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

३ महिनामै टिकटकले हटायो नेपालका १९ लाखभन्दा बढी भिडियो

काठमाडौं – छोटो भिडियो साझेदारी प्लेटफर्म टिकटकले सन् २०२६ को

सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु

कायरो – सुडानमा सर्वसाधारण चढेका सवारीसाधनलाई लक्षित गरी भएका छुट्टाछुट्टै