नेटवर्किङ शैलीको व्यवसायका नाममा ठगी गरेको आरोपमा दुई जना पक्राउ « Khabarhub

नेटवर्किङ शैलीको व्यवसायका नाममा ठगी गरेको आरोपमा दुई जना पक्राउ


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेटवर्किङ शैलीको व्यवसायको नाममा अनलाइन माध्यमबाट ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले काभ्रेको धुलिखेल घर भई काठमाडौंको चावहिल बस्ने २७ वर्षीय नवराज गौतम र रामेछापको खाँडादेवी गाउँपालिका घर भई काठमाडौंको बौद्ध बस्ने २५ वर्षीय विनोद महतेलाई बिहीबार पक्राउ गरेको हो ।

पीडितहरुलाई उनीहरुले इम्पेरियम मार्केटिङमा सदस्य बनेमा लाइफ बन्छ, मार्केटिङको बिजनेश गरेमा सोही कम्पनीमा जागिर मिल्छ, अन्य सदस्य बनाउँदै गएपछि घरमा बसेर पैसा कमाउन सकिने, कम्पनीले उत्पादन गरेको साल्ट, ल्याम्प, लत्ता कपडाहरु, औषधीजन्य वस्तुहरु, घरायसी सामानहरु लगायतका वस्तुहरु सस्तो मुल्यमा लिन सक्छौ भनी तीन दिन जुम क्लास लिन लागाइ ठगेको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरुले भारतको सिलीगुडीमा इजाजतविना नै सञ्चालनमा रहेको इम्पोरियम मार्केटिङ प्रालिसँग सम्पर्क राखी पिरामिड शैलीको सदस्य बनाएर रकम पठाउन लगाई ठगी गरेको पाइएको प्रहरी अनुसन्धानले देखाएको छ । पीडितलाई आईएमई र बैंक खातामा १ लाख २० हजार रुपैयाँ पठाउन लगाएर ठगी गरेको देखिएको महाशाखाले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि शुक्रबार वाणिज्य, आपूर्ति तथा हित संरक्षण विभाग, बबरमहलमा पठाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ५ : ४८ बजे

यस्तो छ विष्णु पौडेलमाथिको आरोप, चुनावी प्रतिस्पर्धी चुन्नप्रसादले दिएका थिए ‘रकम लुकाएको’ बयान

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई

रास्वपा महाधिवेशन : पार्टी सदस्य ५ लाख २३ हजार 

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो कुल सदस्य संख्या

शंकर पोखरेल भन्छन् : एमाले हरेक धक्काबाट उठेको छ, फेरि पनि उठ्नेछ

सुर्खेत- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले इतिहासका विभिन्न

शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्छ : मन्त्री यादव

भरतपुर– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले चितवनको शक्तिखोर औद्योगिक

विष्णु पौडेलको बचाउमा विशेषमा बहस : मालपानीको गाडी जसले चढ्यो, उसलाई पहिले पक्राउ गरौँ

काठमाडौं- सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाका लागि सोमबार पक्राउ गरिएका नेकपा एमालेका