नेटवर्किङ शैलीको व्यवसायका नाममा ठगी गरेको आरोपमा दुई जना पक्राउ « Khabarhub

नेटवर्किङ शैलीको व्यवसायका नाममा ठगी गरेको आरोपमा दुई जना पक्राउ


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेटवर्किङ शैलीको व्यवसायको नाममा अनलाइन माध्यमबाट ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले काभ्रेको धुलिखेल घर भई काठमाडौंको चावहिल बस्ने २७ वर्षीय नवराज गौतम र रामेछापको खाँडादेवी गाउँपालिका घर भई काठमाडौंको बौद्ध बस्ने २५ वर्षीय विनोद महतेलाई बिहीबार पक्राउ गरेको हो ।

पीडितहरुलाई उनीहरुले इम्पेरियम मार्केटिङमा सदस्य बनेमा लाइफ बन्छ, मार्केटिङको बिजनेश गरेमा सोही कम्पनीमा जागिर मिल्छ, अन्य सदस्य बनाउँदै गएपछि घरमा बसेर पैसा कमाउन सकिने, कम्पनीले उत्पादन गरेको साल्ट, ल्याम्प, लत्ता कपडाहरु, औषधीजन्य वस्तुहरु, घरायसी सामानहरु लगायतका वस्तुहरु सस्तो मुल्यमा लिन सक्छौ भनी तीन दिन जुम क्लास लिन लागाइ ठगेको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरुले भारतको सिलीगुडीमा इजाजतविना नै सञ्चालनमा रहेको इम्पोरियम मार्केटिङ प्रालिसँग सम्पर्क राखी पिरामिड शैलीको सदस्य बनाएर रकम पठाउन लगाई ठगी गरेको पाइएको प्रहरी अनुसन्धानले देखाएको छ । पीडितलाई आईएमई र बैंक खातामा १ लाख २० हजार रुपैयाँ पठाउन लगाएर ठगी गरेको देखिएको महाशाखाले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि शुक्रबार वाणिज्य, आपूर्ति तथा हित संरक्षण विभाग, बबरमहलमा पठाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ५ : ४८ बजे

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका