जापानकी राजकुमारी माकोले यही महिना बिहे गर्ने « Khabarhub

जापानकी राजकुमारी माकोले यही महिना बिहे गर्ने


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानकी राजकुमारी माकोले यही अक्टोबर महिनामा बिहे गर्ने भएकी छन् । जापानकै एक सर्वसाधारण युवकसँग प्रेम सम्बन्धमा रहेकी माकोले अहिले मात्रै बिहेको मिति घोषणा गरेकी थिइन् । उनले आफ्ना प्रेमीसँग बिहे गर्ने घोषणा भने यसअघि नै गरिसकेकी थिइन् । मिति भने तय भएको थिएन ।

झण्डै एक वर्ष अगाडि राजकुमारीले सर्वसाधारण युवकसँग बिहे गर्ने घोषणा गरेपछि त्यतिबेला केही विवाद र चर्चा समेत भएको थियो । उनले बिहे गर्दा पारिवारिक तथा परम्परागत प्रक्रिया भने नअपनाउने जनाइएको छ । राजपरिवारका अन्य सदस्यको भन्दा उनको बिहे धेरै फरक हुने भएको छ ।

“राजकुमारी माकोले यही अक्टोबर २६ मा बिहे गर्नुहुने भएको छ,” आधिकारिक शाही स्रोतले भन्यो । स्रोतले माकोको वैवाहिक समारोह, भोजभतेर र अन्य सांस्कृति कथा परम्परागत कुनै पनि गतिविधि नगरिने तय भएको पनि दाबी गरेको छ ।

जापानका सम्राट नारुहितोकी भतिजी माको सन् २०१७ देखि नै एक सर्वसाधारण युवक केइ कोमुरोसँग प्रेम सम्बन्धमा थिइन् । सर्वसाधारण युवकसँग बिहे गर्न २९ वर्षीया राजकुमारी माकोलाई राजपरिवारले अनुमति दिए पनि कतिपयले भने आलोचना गरेका छन् । सर्वसाधारणसँग बिहे गरेपछि उनले शाही उपाधि र सम्मान गुमाउने छिन् । राजकुमारी माकोको यो निर्णयबाट राजपरिवारका अधिकांश सदस्य दुःखी भएको जनाइएको छ । उनीहरु बिहेपछि अमेरिका बस्ने बताइएको छ । एएफपी

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ५ : ४९ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित