वैदेशिक रोजगारीमा पोर्चुगल पठाउने भन्दै ४ लाख ठगेको आरोपमा पक्राउ « Khabarhub

वैदेशिक रोजगारीमा पोर्चुगल पठाउने भन्दै ४ लाख ठगेको आरोपमा पक्राउ


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैदेशिक रोजगारीमा पोर्चुगल पठाउने भन्दै ४ लाख  ८० रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौँको गौशालास्थित नेपाल लाइफ रिक्रमेण्ट एजेन्सी प्रालीका सञ्चालक शंकर लामाले काभ्रे बेथानचोकका आशिष थापालाई प्रोचुगलमा एग्रिकल्चरमा काम लगाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले उनालाई काठमाडौँको नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

लामाले सक्कल राहदानी, नागरिकता, ब्यालेन्स सर्टिफिकेट, बैंक स्टेटमेण्ट लगायतका सक्कल कागजात समेत लिएको आशिषले प्रहरीमा दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका लामालाई प्रहरीले ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धानका लागि प्रहरी परिसर काठमाडौँ पठाएको जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ६ : १५ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं