अफ्रिकामा कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या ८३ लाखभन्दा बढी « Khabarhub

अफ्रिकामा कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या ८३ लाखभन्दा बढी


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अदिस अबाबा– अफ्रिकामा पुष्टि गरिएको कोभिड–१९ सङ्क्रमितहरूको सङख्या शुक्रबारसम्ममा ८३ लाख एक हजार १६८ पुगेको अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रले (अफ्रिका सीडीसी) ले जानकारी दिएको छ ।

अफ्रिकी संघ (एयू) को विशेष स्वास्थ्य सेवा एजेन्सी, अफ्रिका सीडीसीका अनुसार महादेशभरि यस महामारीको कारण मर्नेहरूको सङ्ख्या दुई लाख ११ हजार ५३० पुगेको छ । यहाँ करिब ७६ लाख ५१ हजार ८०० कोभिड–१९ सङ्क्रमित बिरामीहरू निको भइसकेका छन् ।

दक्षिण अफ्रिका, मोरक्को, ट्युनिसिया र इथियोपिया महादेशमा सबैभन्दा धेरै कोभिड सङ्क्रमित भएका देशमध्ये पर्दछन् ।

सङ्क्रमणका हिसाबले दक्षिणी अफ्रिका सबैभन्दा बढी प्रभावित क्षेत्र हो । त्यसपछि महादेशको उत्तरी र पूर्वी भागहरू बढी प्रधावित बनेका छन् भने महादेशको मध्यक्षेत्र यस क्षेत्रको सबैभन्दा कम प्रभावित भाग हो । सिन्ह्वा

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  १० : ३६ बजे

‘महको माग बढ्दो छ, बिक्री गर्न बजारको समस्या छैन’

गण्डकी– कास्कीको पोखरा महानगर क्षेत्रमा दुई हजारभन्दा बढी व्यक्ति मौरीपालन

सामाजिक सञ्जालमा कानून विपरीत अभिव्यक्ति दिनेमाथि कारबाही गर्दै साइबर ब्यूरो

काठमाडौं – प्रहरीले सामाजिक सञ्जालमा कानून विपरीत अभिव्यक्ति दिएर भ्रमण

‘गोल घर’ संरक्षण गर्दै उद्योग वाणिज्य सङ्घ स्याङ्जा

स्याङ्जा– पछिल्ला वर्षहरूमा गाउँ तथा सहरमा पक्की घर बन्दै गएका

सीमा नाकाका विद्युतीय पोलमा राष्ट्रिय झण्डा

रुपन्देही– रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय