रोमानियामा अस्पतालमा आगलागी हुँदा नौ बिरामीको मृत्यु « Khabarhub

रोमानियामा अस्पतालमा आगलागी हुँदा नौ बिरामीको मृत्यु


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुखारेष्ट– रोमानियाको ‘ब्ल्याक सी’ शहर कन्स्टान्टामा रहेको एउटा अस्पतालको सघन उपचार कक्षमा शुक्रबार बिहान भएको आगलागीमा परी नौ जना कोभिड–१९ सङ्क्रमित बिरामीको मृत्यु भएको पुष्टि स्थानीय अधिकारीहरूले गरेका छन् ।

अस्पतालमा रहेका अन्य सबै बिरामीलाई उद्धार गरी नजिकैका अन्य अस्पताल तथा स्वास्थ्य केन्दहरूलाई बिरामीहरूलाई आफ्नो भर्ना लिन आग्रह गरिएको छ, शहरका आकस्मिक सेवा अनुगमनका लागि खटाइएका एक अधिकारीले बताए ।

स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्तिमा भनेको छ, “आज बिहान कोभिड–१९ सम्बन्धित ११३ विरामीले अस्पतालमा सेवा लिइरहेको समय भएको आगलागीमा परी केही व्यक्तिको मृत्यु भएको छ । विरामीमध्ये गम्भीर १० जनालाई आईसीयूमा राखिएको छ ।”

आगलागीको सम्भाव्य कारणबारे कुरा गर्दा अन्तरिम स्वास्थ्य मन्त्री आटिला सेकेले भन्नुभयो, “कारणहरू धेरै हुन सक्छन् । यो आधारभूत संरचना, उपकरणहरूको ओभरलोडसित सम्बन्धित हुन सक्छ र यो असावधानी वा मानवीय कमजोरीसँग पनि सम्बन्धित हुन सक्छ ।” नोभेम्बर २०२० देखि रोमानियाको अस्पतालमा भएको तेस्रो घातक आगलागी हो । सिन्ह्वा

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ८ : ११ बजे

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक