विश्वभर एकैदिन थपिए ४ लाख ६४ हजार संक्रमित, मृत्यु ७ हजार | Khabarhub Khabarhub

विश्वभर एकैदिन थपिए ४ लाख ६४ हजार संक्रमित, मृत्यु ७ हजार

४ लाख ३२ हजार ९७५ जना निको


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ६४ हजार १४१ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअुनसार यही अवधिमा ४ लाख ३२ हजार ९७५ जना निको भएका छन् भने ७ हजार २५३ जनाको मृत्यु भएको छ ।

थपिने संख्या लगातार अमेरिकामा सबैभन्दा छ । जहाँ एक लाख १६ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी बेलायतमा ३५ हजार ५७७, टर्कीमा २८ हजार ८७३, रुसमा २४ हजार ५२२, भारतमा २३ हजार ९१६ र ब्राजिलमा १८ हजार ५७८ जना संक्रमित थपिएका छन् ।

यस्तै अमेरिकामा ८२ हजार ३१६ जना संक्रमणमुक्त हुँदा बेलायतमा ३१ हजार, टर्कीमा २६ हजार, भारतमा २५ हजार, रुसमा १९ हजार बढी निको भएका छन् ।

अमेरिकामा मात्रै एक हजार ८०३ जना संक्रमितको मृत्यु भएको छ । रुसमा ८८७, ब्राजिलमा ४९२, भारतमा २३३, टर्कीमा २१०, बेलायतमा १२७ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

यससँगै विश्वभर कुल संक्रमितको संख्या साढे २३ करोड नाघेको छ भने २१ करोड १७ लाख ७७ हजार ६०२ जना निको भइसकेका छन् । हालसम्मको मृतकको संख्या ४८ लाख ५ हजार ११ रहेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ६ : ३० बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २७ गते बिहीबार। मंसिर

आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २७ गते बिहीबार। मंसिर

जनार्दन, विप्लव र घनश्यामबीच भेटवार्ता, के कुरा भयो?

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लब, नेकपा एस (पुनर्गठन अभियान)

भ्रष्टाचार आरोपपछि युक्रेनी ऊर्जा मन्त्रीले दिइन् राजीनामा

किएभ – भ्रष्टाचार आरोप लागेपछि युक्रेनी ऊर्जा मन्त्री स्विटलाना ग्रिनचुकले