केन्यामा २४ लाख मानिस भोकमरीको खतरामा : डब्ल्यूएफपी | Khabarhub Khabarhub

केन्यामा २४ लाख मानिस भोकमरीको खतरामा : डब्ल्यूएफपी


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी । उत्तरी र पूर्वी केन्यामा खडेरीले तहसनहस पारेको कारण नोभेम्बरसम्ममा कम्तीमा पनि २४ लाख मानिसलाई जटील खाद्यान्न अभाब हुने खतरा रहेको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले शुक्रबार चेतावनी दिएको छ ।

गत वर्षको तुलनामा यो झण्डै तीन गुणाले वृद्धि भएको डब्ल्यूएफपीले बताएको छ । पूर्वी अफ्रिकी मुलुकमा हालैका वर्षहरुमा एकपछि अर्को विपत्तिले यहाँको अर्थब्यवस्थालाई धरासायी बनाएको छ ।

डिसेम्बर २०१९ मा सलहको आक्रमण र सन् २०२० र २०२१ मा कम वर्षा भएको कारण सुक्खा उत्तरी र पूर्वी क्षेत्रमा खाद्यान्नको आपतकालीन अवस्थाको सामना गर्नुपरेको छ ।

राष्ट्रिय खडेरी व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार राष्ट्रपति उहुरु केन्याट्टाले गत महिना खडेरीलाई प्राकृतिक विपत्तिको रूपमा घोषणा गरेका थिए । यहाँ दुई लाख १० हजार मानिसले भोकमरीको सामना गरिसकेका बताइउको छ ।

संयुक्त राष्ट्रसंघीय निकाय डब्ल्यूएफपीको भयावह प्रक्षेपण गत वर्ष अक्टोबर र डिसेम्बरबीच रेकर्ड गरिएको तथ्याङ्कभन्दा झन्डै तीन गुणा बढी छ । उक्त समयमा साढेआठ लाखभन्दा बढी मानिसहरूले गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका थिए । ‘यो खडेरी कोभिड–१९ को ठीक पछाडि आएको छ जसले जीवनयापनमा ठूलो आर्थिक प्रभाव पारेको छ ।’ डब्ल्यूएफपी प्रतिनिधि लरेन ल्यान्डिसले बताएका छन् ।

उनले भने, ‘अक्टोबर महिनामा आउने पछिल्लो छोटो (वर्षा) ऋतु पनि खाद्यान्न समस्या सम्बोधन हुनेगरी बर्षा गराउन असफल हुने देखिएको र यसको कारण केन्यामा खाद्यान्न अभावको अत्यन्तै खतरनाक परिस्थिति आउने कुरामा हामी साह्रै चिन्तित छौं ।’

‘केन्यामा हामीले भोगेको अन्तिम ठूलो खडेरीकाकारण आएको सन् २०१७ को खाद्यान्न सङ्कटको स्तरमा पुग्नेछौं । मेरो विचारमा हामीले आगामी महिनाहरूमा खाद्यान्न अभाव भएका थप २५ लाख मानिसहरूलाई हेर्नुपर्ने दायित्व हाम्रो आउने देखिएको छ ।’

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ७ : ०३ बजे

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सुर्खेत– ५८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-२

जुम्लामा भेडापालक किसानलाई गोठालो भत्ता

जुम्ला– जुम्लाका आठवटै स्थानीय तहका भेडापालन किसानलाई प्रवर्द्धन गर्नका लागि

जाइका नेपाल प्रमुखको टोलीद्वारा तनहुँ जलविद्युत आयोजना निरीक्षण

दमौली– तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

गण्डकी प्रदेशसभामा आजदेखि बजेटमा छलफल

गण्डकी– गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आव २०८२-८३ को बजेटमाथि

किवी खेतीबाट वार्षिक ६ लाख कमाउँछन् गुल्मीका यमबहादुर

गुल्मी– सत्यवति गाउँपालिका–८ भार्सेका यमबहादुर थापा यति बेला व्यावसायिक रुपमा किवीखेती