मध्यपश्चिम विश्वविद्यालय र प्रजातन्त्रवादी प्राध्यापक सङ्घबीच आठबुँदे सहमति | Khabarhub Khabarhub

मध्यपश्चिम विश्वविद्यालय र प्रजातन्त्रवादी प्राध्यापक सङ्घबीच आठबुँदे सहमति


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – मध्यपश्चिम विश्वविद्यालय र नेपाल प्रजातन्त्रवादी प्राध्यापक सङ्घबीच आन्दोलनका कार्यक्रम फिर्ता लिन आठबुँदे सहमति भएको छ । विश्वविद्यालयद्वारा गठित उच्चस्तरीय समस्या समाधान समिति र आन्दोलनरत प्राध्यापकबीच शुक्रबार साँझ वार्ता सम्पन्न भएको हो ।

विश्वविद्यालयद्वारा गठित वार्ता टोलीका सदस्य उपप्राध्यापक विष्णुकुमार खड्काका अनुसार विश्वविद्यालयअन्तर्गतका विभिन्न निकायका रिक्तपदमा सबै पक्षलाई अपनत्व हुने पदपूर्ति गर्नुपर्ने, आंशिक प्राध्यापकलाई सेवागत ज्येष्ठता, विषयगत आवश्यकता तथा कार्यभारका आधारमा र करार प्राध्यापकलाई दरबन्दी सिर्जना गरी स्थायी प्रक्रिया थाल्न एघारौँ सभा सम्पन्न भएपछि ४५ दिनभित्र कार्यविधि निर्माण गर्ने सहमति भएको छ ।

त्यस्तै प्राध्यापक तथा कर्मचारीको निवृत्तिभरण र उपदानका सम्बन्धमा स्पष्ट मापदण्ड बनाएर नियमावली र कार्यविधि पारित गर्ने, करार जनशक्तिको प्रोत्साहनस्वरुप नियमित तलब भत्ता समेट्ने गरी दररेट तोकी कार्यविधिमा स्पष्ट खुलाई तहगतरुपमा प्राप्त गर्ने गरी प्रक्रिया अघि बढाइने भएको छ ।

वार्तामा आन्दोलनरत प्रजातन्त्रवादी प्राध्यापक सङ्घ मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय समितिका अध्यक्ष रुपेश खत्री, उपाध्यक्ष छवि भण्डारी, कोषाध्यक्ष हरेन्द्र केसी सहभागी थिए ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ९ : १७ बजे

ऋषिङ र देवघाटमा जलवायुमैत्री कृषि प्रविधिमार्फत खेती

डुम्रे– जिल्लाको ऋषिङ र देवघाट गाउँपालिकामा जलवायुमैत्री कृषि प्रविधि कार्यक्रम

नियमविपरीत पशु ढुवानी गर्ने ५३ सवारीसाधनलाई कारबाही

चितवन–  नियम विपरीत पशु ढुवानी गर्ने ५३ सवारीसाधनलाई पशु क्वारेन्टाइन

द्रुतमार्गबारे आदिवासी जनजाति आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई 

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौँ–तराई-मधेस दू्रतमार्ग

एक सय ५९ वटा कम्पनीको शेयरमूल्य घट्यो

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको शेयर कारोबारमा एक

पश्चिम भारतमा भारी वर्षा, १८ जनाको मृत्यु

अहमदाबाद – भारतको पश्चिमी गुजरातका केही भागमा भारी वर्षाका कारण