कांग्रेसको नगर अधिवेशन : काठमाडौँमा यसरी हुँदैछ नेतृत्व चयन | Khabarhub Khabarhub

कांग्रेसको नगर अधिवेशन : काठमाडौँमा यसरी हुँदैछ नेतृत्व चयन


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राजधानीका स्थानीय तहमा आज नेपाली कांग्रेसको अधिवेशन हुने भएसँगै कार्यकर्ता उत्साहित भएका छन् । नगरका टोल–टोलमा कांग्रेस अधिवेशनको चर्चा छ । अधिवेशनले कार्यकर्तामा उत्साहसँगै सक्रियता बढाएको देखिन्छ ।

काठमाडौँ महानगरपालिका-२५ का वडाध्यक्ष नीलकाजी शाक्य लामो समयदेखि नभएको पार्टीको महानगर अधिवेशनले कार्यकर्ता उत्साहित भएको बताउँछन् ।

पार्टीका पुराना नेतासमेत रहेका शाक्यले महानगर सभापति पदमा उम्मेदवारी घोषणा गरी प्रचारप्रसारमा लागेका छन्। शाक्यसँगै नेपाल तरुण दल काठमाडौँका संस्थापक अध्यक्ष प्रगतिमान रञ्जित पनि महानगर सभापति पदमा उम्मेदवारी घोषणा गरी प्रचार अभियानमा जुटेका छन् । महानगरमा दुई नेताबीच प्रतिस्पर्धा हुनेछ ।

महानगरपालिकामा १२औँ र १३औँ महाधिवेशनका बेला नगर अधिवेशन नभएकामा यसपटक गर्न लागिएकाले कार्यकर्ता उत्साहित भएको जिल्ला सभापति कृष्ण सबुज बानियाँले जानकारी दिए । काठमाडौँमा करिब १३ वर्षपछि महानगर अधिवेशन हुन लागेको हो । महानगरका ३२ वडाबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि, वडा सभापति, पार्टीका तर्फबाट निर्वाचित सांसद, प्रदेशसभा सदस्य, पार्टीबाट सांसद र प्रदेशसभा सदस्यमा उम्मेदवार भएका पदेन प्रतिनिधि भई निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने व्यवस्था कांग्रेसको विधानमा रहेको जिल्ला निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता नरहरि आचार्यले बताए ।

चन्द्रागिरि नगरपालिकामा सर्वसम्मत सभापति चयन हुने वातावरण बनेको छ । पार्टीका सबै पक्ष नगर प्रमुखसमेत रहनुभएका घनश्याम गिरीलाई सभापति बनाउन सहमत भएको जनाइएको छ । यसैगरी गोकर्णेश्वर नगरपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयनको तयारी भएको कांग्रेस नेताले जनाएका छन् । दक्षिणकाली नगरपालिकामा भने विवादका कारण स्थगन गरिएको छ ।

कीर्तिपुर, नागार्जुन, तारकेश्वर, टोखा, बूढानीलकण्ठ, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिकामा पनि आज नगर अधिवेशन गरिँदै छ । अधिवेशनको कार्यक्रम बिहान ८ बजेदेखि नै शुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बेलुका ५ बजेपछि निर्वाचन कार्यक्रम नराख्न नगर निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ ।

केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन भएका सबै जिल्लामा दसैँअघि नै स्थानीय तहको अधिवेशन गर्न निर्देशन दिएको सचिव वरिष्ठ अधिवक्ता जगन्नाथ श्रेष्ठले बताए।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ९ : ३७ बजे

बालुवाटारमा शीर्ष नेतृत्वबीच छलफल जारी

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेतृत्वबीच

टम क्रुजले पाउने भए अस्कर अवार्ड

काठमाडौं – हलिउड नायक तथा निर्माता टम क्रुजलाई मानर्थ अस्कर

नेपालमा एमसीसी परियोजना जारी रहने

काठमाडौं– संयुक्त राज्य अमेरिकाले ९० दिनको वैदेशिक सहायता रोक्ने निर्णयलाई

दर्शकसँग चिनाउने निर्देशकसँग १० वर्षपछि दोस्रो सहकार्य गर्दै प्रदीप

काठमाडौं – नायक प्रदीप खड्का र निर्देशक सुदर्शन थापाले फेरि

३० दिने सिप मेला टुँडिखेलमा जारी, स्वरोजगारतर्फ महानगरको ठोस पहल (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाद्वारा टुँडिखेलमा आयोजित सिप मेला-२०८२ को ३० दिने