एमालेको विधान महाधिवेशनमाथि बाबुरामको टिप्पणी : ‘कुम्भमेला निभ्ने बेलाको बत्ती’ « Khabarhub

एमालेको विधान महाधिवेशनमाथि बाबुरामको टिप्पणी : ‘कुम्भमेला निभ्ने बेलाको बत्ती’


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेको विधान महाधिवेशनलाई ‘कुम्भमेला’को संज्ञा दिएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले शुक्रबार सुरु नेकपा एमालेको प्रथम विधान महाधिवेशनलाई ‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो ।’ भनी व्यङ्ग्य गरेका छन् ।

अध्यक्ष केपी ओली शर्माप्रति लक्षित गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले लेखेका छन्, ‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो। लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठूलो मूल्य चुकाउनुपर्नेछ । नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्तः स्टालिन, हिटलर र फासीवाद जन्माउने हो । चेतना भया !’

 

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  १० : २० बजे

कसरी चल्दैछ बालेन सरकार ? थिति बसाल्दैछ कि बेथितिको सुरुवात ?

काठमाडौँ – फागुन २१ गते भएको निर्वाचनमार्फत् झण्डै दुई तिहाई

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम– मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन

सुर्खेत– चालु आर्थिक वर्ष (आव) मा कर्णाली प्रदेश सरकारको ६१.९७