३८ चिनियाँ सैनिक जहाज आफ्नो क्षेत्रमा प्रवेश गरेको ताइवानको दाबी « Khabarhub

३८ चिनियाँ सैनिक जहाज आफ्नो क्षेत्रमा प्रवेश गरेको ताइवानको दाबी


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  ३८ चिनियाँ सैनिक जहाज आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको ताइवानले दाबी गरेको छ ।

परमाणु बम खसाल्ने क्षमता भएका विमानहरू ‘एअर डिफेन्स आइडेन्टीफिकेसन जोन’ भनिने आफ्नो हवाई प्रतिरक्षा पहिचान क्षेत्र भित्र दुई चरणमा प्रवेश गरेको यो घटना अहिलेसम्कै ठूलो ‘घुसपैठ’ भएको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।

योसँगै उक्त क्षेत्रमा तनाव बढ्ने सक्ने देखिएको छ । सम्भावित आक्रमणलाई ध्यानमा राखेर ताइवानले पनि आफ्ना जेट (विमान) उडाउनुका साथ मिसाइल प्रणाली तैनाथ गरेको बीबीसीले जनाएको छ ।

चीनले ताइवानलाई आफ्नो एक प्रान्तका रुपमा लिने गरेको छ । तर ताइवान भने आफू स्वतन्त्र राष्ट्र भएको बताउँदै आएको छ ।

 

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  १२ : ४४ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य