ऊन प्रशोधन गर्ने उपकरण नहुँदा समस्या « Khabarhub

ऊन प्रशोधन गर्ने उपकरण नहुँदा समस्या


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- नेपालमा ऊन प्रशोधन गर्ने उपकरण र प्रविधि नहुँदा समस्या भएको छ । उपकरण र प्रविधि अभावले पस्मिनाको कच्चापदार्थमा आत्मनिर्भर बन्ने नेपाली उद्योगीको योजनामा चुनौती थपिएको छ ।

स्वदेशी कच्चापदार्थ (ऊन प्रशोधन) गरेर पस्मिना बनाउने धागो उत्पादन गर्ने तयारीमा जुटेका उद्योगीलाई प्रविधि र उपकरण अभाव भएको हो । सङ्घका उपाध्यक्ष धनप्रसाद लामिछानेले हिमाली क्षेत्रमा च्याङ्ग्राको ऊन (भुवा) सङ्कलन गर्न थालिए पनि प्रशोधन गर्ने उपकरण नेपालमा नभएकाले समस्या भएको बताए ।

मङ्गोलिया र चीनबाट ल्याउने कच्चापदार्थको विकल्पमा नेपालकै भुवा प्रशोधन गरेर धागो उत्पादन गर्ने उपकरण नहुँदा सङ्कलित ऊन (भुवा) प्रशोधनका लागि विदेश पठाउनुपर्ने अवस्था आएको उनले बताए ।

‘मुस्ताङको चराङमा सङ्कलन केन्द्र खोलेर रु एक करोड २५ लाख बराबरको दुई हजार ८०० किलोग्राम ऊन खरिद गरेका छौँ’, उनले भने, ‘विज्ञले दुई महिनाभन्दा बढी समय भण्डारण गरेर राख्न नमिल्ने सुझाव दिएका छन् । प्रशोधनका लागि विदेश पठाउन सहकारसँग पहल गरिरहेका छौँ । विदेश लैजान नसके सङ्कलन गरेको ऊन कुहिने र करोडौँ लगानी डुब्ने खतरा छ ।

काठमाडौँमा ऊन प्रशोधन गर्न सङ्घको अगुवाइमा स्थापना भएको नेपाल फाइबर प्रोसेसिङ उद्योग सञ्चालन नहुँदासम्मका लागि प्रशोधन गर्न चीन पठाउनुपर्ने उनले बताए ।

सङ्घले गत साउनमा मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिकाको चराङमा सङ्कलन केन्द्र स्थापना गरेको छ । नेपालबाट विदेश निर्यात हुने प्रमुख वस्तु पस्मिना बनाउन च्याङ्ग्राको ऊन प्रशोधन गरेर बनाएको धागो कच्चा पदार्थका रुपमा प्रयोग हुन्छ ।

सङ्घका अनुसार नेपालबाट वार्षिक रु तीन अर्बको पस्मिना निर्यात हुन्छ भने वार्षिक १९५ टन पस्मिना बनाउन आवश्यकपर्ने भुवाको धागो आयात हुन्छ । विदेशबाट कच्चापदार्थ आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्लालगायत जिल्लाका कृषकबाट च्याङ्ग्राको भुवा खरिद गरिएको सङ्घका कोषाध्यक्ष कृष्ण पङ्गेनीले बताए ।

 

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  २ : २१ बजे

राष्ट्रपति पौडेलद्वारा तीन अध्यादेश जारी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा

सुकुम्वासी बस्तीमा डोजरले भत्काएको मानवीय संवेदना

काठमाडौं- काठमाडौँको थापाथलीस्थित बागमती किनार लगायत खोला किनार छेउका सुकुम्वासी

पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो

म्याग्दी– यहाँको धवलागिरी गाउँपालिका–४ स्थित पर्यटकीयस्थल दोभान सडक सञ्जालमा जोडिएको

नेकपाको महाधिवेशन आगामी मङ्सिर ११-१५ गतेसम्म काठमाडौंमा हुने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना

धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

काठमाडौं– काठमाडौँ महानगरपालिका–१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका